Monday, June 11, 2012

About Refutation of Archimedes Principle

Talk program in:
1. Mount Everest Boarding School, Myagdi 
2. Dhaulagiri Multiple Campus, Baglung 
3. Siddhartha Siksha Sadan, Ramrekha, Baglung 
4. Vidyamandir Higher Secondary School, Baglung 
5. Rudrepipal Secondary School, Baglung

Date: June 6, 9, 11
Topics: "How 'Bhabindra Kunwar' disproved/refuted Archimedes Principle?"
Speaker: Nawraj Ghimire

भौतिक शास्त्रमा भएका केही त्रुटिहरूको खन्डन र समाधान गरी विश्वभरि पठनपाठन गरिँदै आएका त्रुटिपूर्ण सिद्धान्त र मान्यताहरू सच्याउनका लागि "भविन्द्र कुँवर"द्वारा आरम्भ गरिएको विश्वव्यापी अभियान "भौतिक शास्त्र पुनर्निर्माण अभियान"ले राजधानीका अतिरिक्त मोफसलमा पनि विभिन्न कार्यक्रमहरू सन्चालन गर्न थालेको छ ।यस क्रममा मिति २०६९ जेठ २४ गते म्याग्दी जिल्लाको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरूका बीच, २०६९ जेठ २७ गते धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा विभिन्न शिक्षकहरूका बीच तथा २०६९ जेठ २९ गते सिद्धार्थ शिक्षा सदन, रामरेखामा उक्त स्कुलका शिक्षक तथा विद्यार्थीबीच, विद्यामन्दिर उच्च माध्यमिक विद्यालय, बागलुङमा शिक्षक तथा विद्यार्थीबीच र रुद्रेपीपल माद्यामिक विद्यालयमा शिक्षक तथा विद्यार्थीबीच सम्बन्धित परीक्षण तथा प्रवचन प्रस्तुत गरिसकिएको छ ।

विभिन्न समूहहरूको निर्माण गर्ने 

(जस्तो: https://www.facebook.com/groups/bhabindra.kunwar/), facebook, google, twitter आदिका पेज(https://www.facebook.com/prcbk/), वेव साइट(www.krp.com.np), ब्लग (aboutphysicsreformationcampaign.blogspot.com) र खाताहरूमार्फत् विषयवस्तुहरूबारे जानकारी गराउने, पर्चा वितरण तथा विज्ञापन गर्ने, मासिक प्रवचन गोष्ठी सन्चालन गर्ने, सम्बन्धित पुस्तकहरूको प्रकाशन गर्ने, कलेज, विश्वविद्यालय र संस्थाहरूमा आवश्यक्ता र मागवमोजिम प्रवचन तथा प्ररीक्षण प्रदर्शन गर्ने आदि कार्य गर्दै आएको यस अभियानले विभिन्न शीर्षकमा कार्यक्रमहरू सन्चालन गर्दै आएको छ । यस पटकका कार्यक्रमहरू "भविन्द्र कुँवरबाट आर्किमिडिजको सिद्धान्त कसरी खन्डन भयो?" नामक शीर्षकमा केन्द्रित रही सन्चालन गरिएको छ । प्राय: सम्बन्धित स्कुलहरूले आयोजना गरेका ती कार्यक्रमहरूमा नवराज घिमिरे वक्ता रहेका छन् भने कमल बानियाँ, अरुण घिमिरे आदिले कार्यक्रम सन्चालन गरेका छन् । सबै कार्यक्रमहरू रोचक, उपलब्धिमूलक र सन्देशमूलक रहेको कुरा वक्ता तथा सन्चालकहरूले बताएका छन् । उपस्थित शिक्षक तथा विषय विशेषज्ञहरूले पनि कार्यक्रम अवलोकन गरिसकेपछि आर्किमिडिजको सिद्धान्त स्पष्टत: त्रुटिपूर्ण नै भएको महसुस गर्दै अभियानप्रति सद्भाव र सदाशयता व्यक्त गर्ने गरेका छन् । सम्बन्धित विषय विशेषज्ञ, शिक्षक, शुभचिन्तक र बुद्धिजीवीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सहयोगको प्रतिवद्धताबाट अभियान सन्चालनका लागि थप प्रेरणा र हौसला मिलेको छ । हामी सम्पूर्ण शुभचिन्तक तथा सहयोगी महानुभावहरूमा हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै धन्यवाद दिन चाहन्छौँ ।

- भौतिक शास्त्र पुनर्निर्माण अभियान
- Physics Reformation Campaign

No comments:

Post a Comment