Tuesday, July 17, 2012

About Upthrust Based Machine, "UBM-1". Another proof of the disproving of the Archimedes Principle

ABOUT IMPORTANT AND INTERESTING INVENTION (ALSO DISCOVERY)

असार ३०, काठमाडौँ मोडेल कलेज (KMC) मा एउटा उपयोगी मेशिनको सफलता पूर्वक परीक्षण प्रदर्शन गरियो । भबिन्द्र कुँवरले आविष्कार गरेको उक्त ऊर्ध्वचापमा आधारित प्रक्रियासँग सम्बन्धित मेशिन (Upthrust Based Machine) को नाम 'UBM-1' रहेको थियो । काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा लि मा सम्पन्न भएको उक्त यन्त्र धेरै समय पछिमात्र सन्चालनमा आएको थियो । यस अघिका प्रयासहरूले सफलता पाउन नसके पनि यस पटक भने सफल भएको कुरा आविष्कारक कुँवरले बताए । कुँवरका अनुसार सो मेशिन असार २५ गते राति १ बजेमात्र सफलता पूर्वक सन्चालनमा आएको थियो ।

पहिले विष्णु ज्ञवाली, गङ्गाधर अधिकारी, मनोज शर्मा, विक्रम विवश आदि साथीहरूबाट सहयोग मिले पनि पछिल्लो समयमा रमेश कार्की, मीन घिमिरे, नवराज घिमिरे, बद्रि शर्मा, धिरज कोइराला, ईश्वरी कोइराला, पङ्कज कोइराला, युवराज घिमिरे, केशव शर्मा आदिले सामान जुटाउन र अन्य पारिवारिक अनुकुल वातावरणका लागि सहयोग बेलबहादुर कुँवर, दिपीका अधिकारी, बन्दना कुँवर, दाजुहरू रोहितकुमार कुँवार, वीरबहादुर कुँवर् तथा इन्द्र कुँवरबाट भएको कुरा कुँवरले बताउँछन्, आर्थिक सहयोग र अन्य सहयोग नवधलागिरि सहकारी संस्थाका अध्यक्ष भिम सापकोटाबाट भएको थियो । दिनमा परीक्षण गर्दा सफल नभएका खन्डमा आफन्त र शुभेच्छुकहरूमा नकारात्मक सन्देश जाने गरेको देखिएकाले रातलाई नै विशेष रूपले प्रयोग गरेको कुरा उनले बताए । उनका अनुसार घरको पेशाका रूपमा रहेको टर्वाइनमा आधारित ऊर्जा उत्पादन प्रणालीमा आधारित कुटानिपिसानी मिलहरू तथा डिजेल र विजुली मिलमा सानैदेखि काम गरे पनि यो प्राणालीबाट कार्य गर्न निकै कठिन थियो, न त्यहाँ प्रयोग भएका बेइरिङ्हरू प्रयोग हुने, न ती शैलीमा काम गरेर हुने । टर्वाइनमा आधारित मिल चलाउन बुबा र दाजुहरूले सिकाउनु भएको थियो । घरको पेशा नै मिल चलाउने नै थियो । तर यस प्रकारको ऊर्ध्वचापमा आधारित मेशिनमा प्रयोग हुने उपकरणबारे कहिल्यै जान्न र देख्न नपाएकाले बारम्बार तोड्नुपर्ने समस्या आई धेरै पटकका प्रयासहरू असफल भएका थिए । "बनाएका मेशिनले सोचेजस्तो काम नगरिदिँदा म हैरान नै थिएँ । न यस प्रकारको शैलीबारे जान्न पाइयो, न यसरी चलेको यन्त्र कतै देखियो, न कसैबाट यसको कार्य शैलीबारे सही सल्लाह दिन सके त्यसैले नचाहिने कुरामा समय खर्च भए होला" उनको भनाइ छ ।

कार्यक्रममा समाजसेवी गोविन्द नेपाली, भौतिक शास्त्री बालविक्रम खत्री, राष्ट्रिय वाणिज्य बैँकका नारायण अधिकारी, उप-प्राध्यापक एकारत्न आचार्य, गणित शिक्षक विष्णु ज्ञवाली तथा काठमाडौँ मोडेल कलेजका ध्रुब भट्टराईले शुभकामना मन्तव्य दिनुका साथै आफ्नो स्थानबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विष्णु ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन "भौतिक शास्त्र पुनर्निर्माण अभियान"का सदस्य सचिव नवीन भाबुकले गरेका थिए । कार्यक्रम "भौतिक शास्त्र पुनर्निर्माण अभियान"का संयोजक, काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स् प्रा लि का प्रवन्ध सन्चालक तथा सो मेशिनका आविष्कारक भबिन्द्र कुँवर बाट भएको थियो ।

सो मेशिनको सैद्धान्तिक आधार ०६५ माघ २० गते नै रेपोर्टस् क्लबमा सार्वजनिक गरे पनि मेशिन निर्माण भइनहाल्दा उपस्थित भौतिक शास्त्री तथा उपस्थित विज्ञान मन्त्री गणेश शाहले मेशिन जति सक्दो छिटो निर्माण गर्न सल्लाह दिएका थिए । त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय विभागले पनि लिखित रूपमै मोडेल निर्माण गर्न सुझाव दिएको थियो । अन्य संस्थाले पनि मोडेल निर्माणगर्न सुझाव दिएका थिए । गर्न सुझाव दिएका थिए । यिनै सुझाव, ऊर्जा सङ्कट र सर्वत्र चासो तथा अविश्वासका बीचमा धेरै पछिमात्र आएर यो यन्त्रको सफल परीक्षण भएको छ । यसका साथै भबिन्द्र कुँवरका "सामर्थ्यको सिद्धान्त" ("POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134), "भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान" ("REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), pages: 718), "आर्किमिडिजको सिद्धान्त कसरी गलत छ?" (Based on the book "Power Principle" Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134 and Published by Kathmandu Research and Publication Pvt. Ltd., Gongagu, Kathmandu) र :आर्किमिडिजको सिद्धान्त गलत प्रमाणित गर्दाका केही अनुभवहरू" (Pubilshed by Kathmandu Research and Publication Pvt. Ltd., Gongagu, Kathmandu) गरी चारवटा पुस्तकहरू प्रकाशित भएका छन् भने "न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?" (Based on the book REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), pages: 718) प्रकाशोन्मुख छ ।

पछिल्लो पटक कार्तिक १८ गते "काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा लि" ले निर्णय गरी सम्बन्धित मेशिन निर्माण सम्पन्न गर्न सहयोग गर्ने निर्णय गरेको थियो । यस क्रममा हालसम्म ३२००० भन्दा बढी खर्च भएको देखिन्छ । ढल, कुलो, समतल सतहमा बगेका नदी, समुद्र आदिमा पनि पानीको प्रवाहमा आधारित वा टर्वाइन प्रणालीमा निर्भर ऊर्जा उत्पादन प्रणालीमा भन्दा बढी ऊर्जा उत्पादन गर्न सकिने कुरा यो प्रणाली (ऊर्ध्वचापमा आधारित ऊर्जा उत्पादन प्रणाली) ले देखाएको छ । ठाउँ र पानीको मात्राका आधारमा ऊर्जा उत्पादन गर्न सकिने देखिएपछि सम्भावित उर्जाको मात्राको कुनै सिमीत मात्रा वा हिसावकिताव झ्याप्पै यकिन गर्न नसकिने देखिएको छ ।

परीक्षणको दिन कार्यक्रम तोकिएको समयभन्दा निकै ढिलो मात्र आरम्भ भएको थियो । मेशिन पहिले सेतो कपडाले छोपेको थियो । जब कुँवरले मेशिन खोल्ने कार्य भयो, तब देखिए राता पलास्टिकहरू, बट्टा र पाइप । मेशिनको नाम टाँसिएको थियो "युबिएम-१" । यसको अर्थ थियो, Upthrust Based Machine-1 अर्थात "ऊर्ध्वचापमा आधारित यन्त्र-१" । पानी धाराहरूबाट पाठाइयो । मेशिन आफैँ तल र माथि गर्दै गयो । केही बेरपछि सो मेशिनले तल र माथि गरेको भारको मात्रा मापन गरेर देखाउने कार्य भयो, सो भार थियो ४ किलो ग्राम भन्दा धेरै । भार तल र माथि गरेको हेर्न टाढाका दर्शकहरूलाई पनि सजिलो होओस् भनेर त्यहाँ राखिएका थिए केही बेलुलहरू पनि, ती बेलुनहरू सो पानीको कार्यसँगै तल र माथि गरिरहेका थिए । यसरी सो मेशिनको परीक्षण सम्पन्न भएको थियो । धुँवारहित, प्रदूषणरहित र नवीकरणीय अथाह उर्जा सहज रूपमा नै उत्पादन गर्ने यस प्रक्रिया र सो प्रक्रियासँग सम्बन्धित मेशिनको सफल परीक्षण र सार्वजनिकीकरण कार्यक्रमले अवश्य पनि अनुसन्धानकर्ताहरूलाई नयाँ क्षेत्रतिर प्रवेश गराउनेछ । अन्य विधिका अतिरिक्त यसले पनि ढिलोचाँडो संसारको उर्जासङ्कटको चिन्तालाई न्यूनीकरण गर्नेछ ।

भबिन्द्र कुँवरको भनाइ:

"म घरको मोटर जल्ने समस्याले सताइएको थिएँ । मोटरको समस्या समाधान गर्न बुबाले भनिरहनुहुन्थ्यो । आफ्नो थेसिसको काम गर्न पाइएको थिएन । मलाई दुई तारहरू जोडिए बिजुली पास हुने र टुटे टुट्ने थाह थियो । त्यो जोडाइ र टुटाई ट्याङ्कीको पानीको सतहको माथि र तल गर्ने प्रक्रियाबाट गराउन सकिने लाग्यो । यसका लागि हप्तौँ काम गर्दा पनि त्यही कुरालाई ऊर्जाका लागि प्रयोग गर्न सकिन्छ भन्ने होसै आएन । तर एक दिन स्विचका लागि जब पलास्टिकको रसी ल्याएर बोत्तल सँगै काम गर्दै गएँ तब त्यस सतहको उतारचढावलाई ऊर्जाका क्षेत्रमा प्रयोग गर्न सकिने लाग्यो । यसो सोचेँ एउटा तरिका आइ पनि हाल्यो । मलाई त त्यो स्विचको काम गर्न मनै लागेन । त्यो कुरा कसैलाई पनि नभनेर त्यसको ढाँचा बनाउन तिर लागेँ । घरमा नेपालीको थेसिस भन्दै त्यो मोडेल निर्माणतिर लागेँ । त्यसपछि मोटरसोटरको समस्यातिर ध्यानै दिइनँ । बुबाले मोतरको कुरा भने पनि भने पनि मैले आफ्नै काम गर्न छोडिनँ । एक दिन मेरा मित्र मिलन बुढा कोठामा आउनु भयो । ऊहाँले उर्जाबारे केही हुँदै छ भन्ने कुरा सुन्नु भएको रहेछ, तर कसरी भन्ने सुन्नुभएको रहेन्छ । मैले सो प्रकृयाको मोडेल निर्माण गर्दै थिएँ । उहाँले त्यो बारे सिद्धान्त नै बनाउने सल्लाह दिनुभयो । मैले त्यसै प्रणालीमात्र सावजनिक गर्ने सोचेको थिएँ । त्यसपछि म पनि सिद्धान्त निर्माण गर्नतिर लागेँ । यसबारे बुबालाई भन्ने मन थियो तर उहाँले काम पूरा नहुँदै अरुलाई भन्नुहोला भनेर भनिनँ । एक दिन विष्णु ज्ञवाली आउनुभयो । उहाँले पनि यसबारे सुन्नु भएको रहेछ, तर प्रकृया के हो? भन्नेबारे जान्न चाहनु भयो । सम्पन्न नहुँदै कसैलाई सार्वजनिक नगर्न भनेँ । उहाँले यसबारे सुन्नु भयो र बडो रुचिका साथ प्रतिकृया दिनुभयो । त्यसको केही हप्ता पछि मनोज भानिजकोमा बसेर कम्प्युटरमा मोडेल बनाएँ । बुबालाई यस मोडेल देखाएर प्रकृया बारे बताएँ तर त्यो कुरा अकस्मात् भएकाले उहाँले मेसो पाउनु भएन । मैले भोलिपल्ट पनि यसबारे बुझाउने प्रयास गरेँ तर बुझाउन सफल भइनँ । बुबालाई बुझाउन नसके अरुलाई कसरी बुझाउने? मेरो मनमा चिन्ता भयो । त्यसै केही समय बित्यो र एक दिन विभिन्न प्रयासपश्चात केही हद्सम्म बुझाएँ । उहाँले हुन सक्चा, पनि भन्नु भयो, यसले थप ऊर्जा प्राप्त भयो । त्यसपछि मनोज भानिजले पेटेन्ट लिनु पर्ने बताउनु भयो ।

मलाई यस्ता कुराको पेटेन्ट हुन्छ भन्ने पनि थाह थिएन । अनि समूह बनाउनु पर्छ पनि उहाँले नै भन्नु भयो । मैले पनि त्यसो भए समूह बनाउँ भन्ने सोचें । पेटेन्ट बनाएर के हुने हो भन्ने त एक रति पनि थाहा थिएन । मलाई त त्यो एउटा सामान्य प्रवर्द्धन समूह होला भन्ने मात्र लागेको थियो । समुहमा चिन्तन सरलाई पनि राखौँ भनेको त त्यो दिन, भोलिपल्ट र त्यसपछिका दिनमा पेटेन्टमा बस्ने मानिस जो अफिसमा नै जानुपर्ने भन्ने बुझ्नमा आयो । चिन्तन सर त्यो दिन कतै टाढै जाने बताउनु भयो । अनि आविष्कारकका रूपमा म रहे पनि पेटेन्ट आवेदनमा बिष्णु ज्ञवाली, विक्रम खत्रि, मनोज शर्मा, र बुबा बेलबहादुर कुँवर समेतलाई सो समुहमा राखौँ भन्ने सल्लाह भयो । त्यही बमोजिम पेटेन्टको आवेदन पनि दिइयो ।

यसपछि एउटा समुह छुट्टै दर्ता गरेर चलाउने कुरा आयो । त्यसको नाम Potential Technology Group राख्ने मौखिक सल्लाह भयो । पेटेन्ट आवेदन दिएको केही दिनमै सार्वजनिक कार्यक्रम गर्ने सोँच पनि आयो । मित्र विष्णु ज्ञवालीले मलाई आविष्कारक भएकाले तपाँईकै अध्यक्षतामा सो समूह निर्माण गर्नुपर्ने बताउनु भए पनि मैले सो आविष्कारको र उक्त समूहको कुनै सम्बन्ध छैन केवल कार्यक्रमहरू गर्नका लागि भएकाले बुबालाई नै अध्यक्ष बनाउँ भनेर जोड गरेँ । हुन त त्यो समुहको उद्देश्य मशिन निर्माण कार्य सम्पन्न गर्न सहयोग जुटाउने र प्रवर्द्धन गर्ने नै थियो, तर त्यो त्यतिकै भयो । मसहितको त्यो समुह र काठमाडौँ मोडेल कलेजबाट त्यो कामका लागि मलाई ठुलो सहयोग प्राप्त भए पनि त्यो टाढा भएका कारण त्यहाँ त्यो काम सम्पन्न गर्न सकिनँ । त्यसपछि मेरो विवाह भयो र त्यो काम त्यसै रोकियो । त्यसपछि पेटेन्ट अफिसमा जाने, घरमै प्लास्तिकको उपकरण बनाउने, नेपालीको थेसिस लेख्ने, पुस्तकहरू लेख्ने, आर्किमिडिजको सिद्धन्त कसरी गलत छ भन्नेबारे परीक्षण देखाउन र सोका लागि सामगृ बनाउने आदि काममा निकै समय लगानी भयो। भानिज मनोज भानिजले पनि केही सामान आफ्नो तर्फबाट उपहार सहयोग गर्नु भयो। वीम ब्यालेन्स उहाँलेनै उपहार दिनुभएको थियो । त्यसपछि कलेजहरूमा कुद्ने क्रम जारी भयो । पहिले काठमाडौँ मोडेल कलेजमा रमेश र म गयौँ । त्यहाँ धेरैचोटि गएपछि एउटा सहमति प्राप्त भयो । त्यसपछि हेराल्ड इन्टरनेशनल कलेजमा म र मनोज केही समान लगेर गयौँ । एवम् रीतले युनिवर्सल उ मा वि मा एक्लै गएँ । यी सबैले आर्किमिडिजको सिद्धान्त गलत छ भन्ने मेरो दाबीमा सहमति जनाए । मलाई यो नै प्रयाप्त भएको लाग्यो । पछि पत्रिकामा पनि आयो । त्यसपछि कतिपय कलेजमा जाँदा अलिक स्पष्ट प्रतिक्रिया आएन । अरु भन्दा पनि मेरा साथमा जानुभएको बुबानै छोराको काम उल्लु त होइन भन्नेतिर लाग्नु हुने हो कि भन्ने डर थियो । उहाँले त्यसो सोचिदिएको भए त सीधै घरमै समस्या आउँथ्यो र कलेजहरूमा जान पाइँदैनथ्यो । मैले अरुले अटेरी गरे पनि कम्तीमा पानी सरेको कुरा त देखाउन सकिन्थ्यो । सरेको कुरालाई सरेन भन्न सम्मपछि नपर्ने साथीहरूका व्यवहार देखेपछि बुबाले pani छोराले गलत कुरा गरेको रहेन्छ भन्ने ठान्नु भएको थियो । विषयगत कुरा जे भए पनि नेपाली पढेर कसरी यो खन्डन हुन सक्छ? भन्नेलाई बुबाले पनि रमाइलो जवाफ दिनुहुन्थ्यो । यसरी निकै समय बितेपछि धेरै मेशिनहरू बनाउने र भाँच्ने गरेँ । अन्त्यमा आफु नै संलग्न रहेको "काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स् प्रा लि" बाट एकातिर पुस्तकहरू प्रकाशित गरेँ भनेँ अर्कातिर अर्कातिर यो मेशिनको सफल परीक्षण सम्पन्न गरेँ ।"

नवराज घिमिरेको भनाइ:

"म Batman कार्टुन हेरेर भर्खर सुत्ने सोचिरहेको थिएँ । त्यही समयमा बाहिर कोही आएजस्तो लाग्यो । को आएछ भने हेर्दा त अंकल (भबिन्द्र कुँवर) ले मेशिन लिएर परीक्षण गर्न आउनुभएको रहेछ । केही बेरपछि पानी जोड्ने काम भयो । मैले पनि पानी मिलाउन सहयोग गरेँ । मैले सो परीक्षण सामान्य मुडमा अवलोकन गरिरहेको थिएँ । अकस्मात पानीले आफै सतह माथि गर्यो र तल पनि गर्यो । मैले ल सफल भयो भनेँ तर अंकलले भने अझ एक चोटि गएको हेरौँ भन्नुभयो । तल आएको सतह पुन: माथि गयो र पुन: तल आयो । म अचम्मित भएँ । परीक्षण सफल भयो भनेर पानी बन्द गर्नु भयो । त्यसपछि अरु पटक पनि परीक्षण गर्ने कार्य भयो ।", यो हो सामान जुटाउन र अभियान सन्चालन गर्न सहयोग पुर्याउँदै आएका तथा यन्त्र परीक्षणका पहिलो प्रत्यक्षदर्शी नवराज घिमिरेको भनाइ ।

मेशिन निमार्णको सैद्धान्तिक आधार:

कुनै तरल पदार्थमा कुनै बस्तु राख्दा सो बस्तुले अनुभव गरेको ऊर्ध्वचापको मात्रा सो बस्तुले विस्थापन गरेको तरल पदार्थको मात्राभन्दा जतिसक्दो कम भएको अवस्थालाई कायम राखेर उर्जा उत्पादन गर्दा निश्चित परिमाणको तरल पदार्थबाट बढी र बस्तुले अनुभव गरेको ऊर्ध्वचापको मात्रा सो बस्तुले विस्थापन गरेको तरल पदार्थको मात्राभन्दा बढी भएको अवस्थालाई कायम राखेर उर्जा उत्पादन गर्दा सोही परिमाणको तरल पदार्थबाट कम ऊर्जा उत्पादन गर्न सकिन्छ । (From: POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134)

कार्यक्रमबारे थप विवरण ...

कार्यक्रम मिति: असार ३०, २०६९, जुलाई १४ २०१२

कार्यक्रम स्थल: काठमाडौँ मोडेल कलेज, (KMC), बागबजार, काठमाडौँ, नेपाल ।

उपस्थिति: ५०-६०

स्वागत मन्तव्य: विष्णु ज्ञवाली (लिम्घा)

मेशिन परीक्षण प्रदर्शन: भबिन्द्र कुँवर

कार्यक्रम सन्चालन: नवीन भावुक (सदस्य सचिव: "भौतिक शास्त्र पुनर्निर्माण अभियान")

शुभकामना मन्तव्य: गोविन्द नेपाली, बालविक्रम खत्री, विष्णु ज्ञवाली (थुर्घा), नारायण अधिकारी, एकारत्न आचार्य, ध्रुब भट्टराई

आयोजक: "भौतिक शास्त्र पुनर्निर्माण अभियान" तथा "काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि."

सभापति: भबिन्द्र कुँवर (संयोजक-"भौतिक शास्त्र पुनर्निर्माण अभियान", तथा प्रबन्ध सन्चालक: "काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि.")

सौजन्य: काठमाडौँ मोडेल कलेज, हेराल्ड इन्टरनेसनल कलेज, युनाइटेड स्कलर्स् एकेडेमी र नवधवलागिरि बचत तथा ऋण सहकारी संस्था लि.


Theme in English:

Bhabindra Kunwar has invented a machine named "UBM-1". This machine had demonstrated in the "Kathmandu Model college", Bagbazar, Kathmandu, Nepal in July 14 2012. There were more than 50-60 people in the program. The program had organized by "Physics Reformation Campaign" and "Kathmandu Research and Publication Pvt. Ltd. and supported by "Kathmandu Model College", "Herald International College", "United Scolars Academy" and "Nawadhawalaagiri Saving and Credit Co. Ltd.". The machina has also proved that the the "Archimedes Principle" is wrong. It has also showed that the water energy can be produced by this new system (Upthrust Based System) is highly greater than the energy produced by the turbine based (or water follow, or pressure-hdg) system. This system will also decrease the energy crisis. We hope, physicists will also pay attention to such eneryg produced system.

About the program:
1. Place of the program: Kathmandu Model College, Bagbazar, Kathmandu, Nepal.

2. Date: July 14, 2012, Asar 30 2069, Saturday.

3. Time: 1:00 pm

4. Demonstrator: Bhabindra Kunwar (https://www.facebook.com/bhabindr.kunwar)

5. Announcer: Navin Bhabuk (https://www.facebook.com/profile.php?id=100003667561992&ref=ts)

6.Some related websites and pages: 



7. Organized by:
Physics Reformation Campaign
Kathmandu Research and Publication Pvt. Ltd.


8. Supported by:
Kathmandu Model College, Kathmandu, Nepal
Herald Int'l College, Kathmandu, Nepal
United Scalars Academy, Kathmandu, Nepal
Nawadhawalagiri Saving and Credit Cooperative Ltd., Kathmandu, Nepal



https://www.facebook.com/prcbk/www.krp.com.np etc.

No comments:

Post a Comment