Sunday, September 22, 2013

Solo Exhibition of Bhabindra Kunwar's inventions or machines in Physics

About 18th monthly physics talk program, organised in Nepal, before 1 day

भौतिक शास्त्र पुनर्निर्माण अभियान र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको आयोजनामा भएको मासिक भौतिक शास्त्र प्रवचन गोष्ठीको अठारौँ शृङ्खला मिडिया इन्टरनेशनल अनामनगर, काठमाडौँमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक डा रविन्द्र ढकालले उद्घाटन गर्नुभयो । उक्त अभियानअन्तर्गत भएगरेका विभिन्न क्रियाकलाप, प्रवचन तथा परीक्षणहरुको एकमूष्ठ जानकारी गराउने उद्देश्यले आयोजना भएको कार्यक्रममा विभिन्न प्रकारका उपकरण, यन्त्र तथा अन्य विषयहरुको प्रदर्शन गरिएको थियो, जसमा आर्किमिडिजको सिद्धान्त, न्युटनको चालको दोस्रो नियम, सापेक्षताको सिद्धान्त, कार्यको सूत्र, गुरुत्वाकषर्णको नियम आदिको सैद्धान्तिक तथा प्रायोगिक रुपमा खन्डन गर्दा प्रयोग भएका पुस्तक, कार्यपत्र, उपकरण, यन्त्र आदि थिए । सो कार्यक्रममा डा. रबिन्द्र ढकाल, प्रा.डा. केशराज खड्का,रामेश्वर अधिकारी आदिले मन्तव्य राख्नुभएको थियो भने अभियानका सदस्य केशव पुनले स्वागत मन्तव्य राख्नु भएको थियो । अभियानका अध्यक्ष भविन्द्र कुँवरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम सदस्य सचिव नवीन भावुकले सन्चालन गर्नुभएको थियो । अभियानका अध्यक्ष भविन्द्र कुँवरले जारी गरेको प्रेस विज्ञप्ति अनिल अधिकारीले वाचन गरेर सुनाउनुभएको थियो ।

No comments:

Post a Comment