Monday, December 31, 2012

Work by Upthrust or Vertical Upward Thrust ...

The machine, UBM-1, invented by Bhabindra Kunwar, had picked up the weight more than 4 kg in Kathmandu Model College, Kathmandu, Nepal, some months ago ...

Electricity From Upthrust

Ashad 30 of 2069, the machine UBM-1, invented by Bhabindra Kunwar, had been able to produce some amount of electricity. This program had been organised in United Scholars Academy, Kalanki, Kathmandu, Nepal, 

Saturday, October 20, 2012

14th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar, Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 18 बाट, पोष्ट क्रम 14

चिनियाँ मोजी(४७०-३९१ ई.पू.)ले अरस्तुपूर्व नै आगोमा माथि जाने र पानीमा तल जाने स्वभाव प्रकृतिप्रदत्त स्वभाव भएको र उनले रुचि(वैयक्तिक भूमिका) र वास्तविकता(तथ्यÐप्रमाण)बीच भिन्नता हुने बताएको पाइन्छ। फिलोलस(४७०-३८५ ई.पू.)ले त्यस समयमा नै पृथ
्वी ब्रहमाण्डको केन्द्रमा नहुने बताएको पाइन्छ। सीमित र असीमित दुवै चीजबाट यो ब्रहमाण्डको संरचना तयार भएको र पछि ब्रहमाण्डलाई पछिमात्र सङ्ख्याका आधारमा बुझिएको धारणा उनको रहेको देखिन्छ। त्यसै गरी तलमाथि-वरपर जताततै आगो मात्र भएको धारणा उनको देखिन्छ। सोक्रेटस(४७०-३९९)का कुनै लिखित सामग्रीहरु प्राप्त नभए पनि उनका भनाइहरुका आधारमा उनका धारणाहरुलाई जान्न सकिन्छ। भौतिक वस्तु र भौतिक घटनाहरु वास्तविकताका छायाहरुमात्र हुन् भन्ने धारणा उनको रहेको देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Official Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068, www.aboutphysicsreformationcampaign.blogspot.com

13th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar, Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 17-18 बाट, पोष्ट क्रम 13

एलिअका जिनो(४९०/५-४३० ई.पू.) विरोधाभाषी तर्कका प्रमुख हस्ती मानिन्छन्। उनको यस कार्यबाट भौतिक विज्ञान तथा गणित लावान्वित भएको देखिन्छ भने यसका अतिरिक्त उनले दृश्य रुपमा देखिने विभिन्न रुपका विषय वा वस्तुहरु भए पनि तिनको वास्तविक स्वरुपम
ा समानता वा एकता हुन्छ भन्ने धारणा राखेको देखिन्छ, जुन परमेनिडिजको प्रभावको उपज र पक्षका रुपमा आएको देखिन्छ। कतिपय गणितज्ञहरु उनले दिएका समस्याहरुको समाधान आधुनिक गणितले गरेको मान्दछन्। पदार्थको आधारभूत विषयका रुपमा पृथ्वी, जल, आगो र वायुलाई प्रस्तुत गर्ने इम्पेडोकल्स(४९०-४३० ई.पू.)ले पदार्थको स्वरुप वा स्वभावको वास्तविकता प्रेम र घृणाको प्रवेशको चक्र भएको बताएको पाइन्छ। उनले ती चार तङ्खवहरु प्रेम(वा आकर्षण)को प्रवेशका कारण परस्परमा एकीकृत हुने र घृणा(वा विकर्षण)को प्रवेशका कारण विभिन्न रुपमा देखा पर्ने धारणा राखेको पाइन्छ। प्रोटागोरस(४८०-४११ ई.पू.)ले भने तर्क वा सत्यहरुमा आउने विविधता र विवादलाई आफ्नो बहसको विषय बनाएको देखिन्छ। कुनै पनि विषय पूर्णतः सही र पूर्णतः गलत नहुने धारणा उनले राखेको देखिन्छ। मानिस नै सबै विषय वा वस्तुको मापनको आधार हो भन्ने धारणा उनको रहेको उल्लेख छ। उनको यस धारणालाई बहुलताकेन्द्री विचारको पक्षमा रहेको धारणाका रुपमा लिन सकिन्छ। एनाक्सिमेन्डर र परमेनिडिजले क्रमशः अद्वैतवाद र द्वैतवादका पक्षमा केही धारणाहरु दिएको देखिन्छ भने प्रोटागोरसले बहुलवादको पक्षमा आफ्ना धारणाहरु दिएको देखिन्छ। यस समयसम्म आइपुग्दा ग्रीक परम्परामा अद्वैतवादी, द्वैतवादी र बहुलवादी दार्शनिक मान्यताहरुको आधार तयार भइसकेको देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Official Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068, www.facebook.com/prcbk

Friday, October 19, 2012

12th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 16-17 बाट, पोष्ट क्रम 12

ब्रह्माण्ड वा गोचर स्वरुपको आधार पानी हो भन्ने धारणा बेबिलोनियनहरुले राख्दै आएको र आयोनियनहरुमा पनि सोको प्रभाव रहेको देखिन्छ। फलतः थल्स(६२५–५४६ ई.पू.)ले पनि सोही कुरामा समर्थन जनाएको मानिन्छ। उनलाई त्यतिबेला ग्रहणको भविष्यवाणि गर्न सक
्नेसमेत ठानिएको मानिन्छ। ज्यामितिका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय भएको मानिन्छ। एनाक्सिमेन्डर(६११–५४७ ई.पू.)ले कुनै एउटा विषय जसमा सबै पदार्थहरु आधारित हुन्छन् भनेको पाइन्छ। उनको यस कार्यलाई स्पष्ट रुपमा अद्वैतवादको अभिव्यक्तिका रुपमा लिन सकिन्छ। यसका साथै उनले अग्रजहरुले जसरी सूर्यको वार्षिक पथ पहिल्याउन सकेको मानिन्छ। पाइथागोरस(५८२/७०–५०० ई.पू.)ले एकातिर ज्यामितिका क्षेत्रमा विशेष योगदान दिएको देखिन्छ भने पृथ्वी आदि ग्रहहरु कुनै आगोलाई परिक्रमा गर्दछन् भन्ने अवधारणा पनि उनका चेलाहरु वा अनुयायीहरुमा रहेको मानिन्छ। एनाक्सीमेनस(५७०–५०० ई.पू.)ले हावालाई सबै वस्तुको आधार मानेको पाइन्छ। उनले हावा चिसिएको खण्डमा पृथ्वी, पानी आदि वस्तुहरु बन्ने र तातेको खण्डमा हावा र आगो बन्ने धारणा राखेको पाइन्छ। पदार्थहरु चिसाउने र तताउने प्रक्रियाबाट क्रमशः अदृश्यबाट दृश्य र दृश्यबाट अदृश्यमा परिणत हुने धारणा उनको रहेको देखिन्छ। थल्सदेखि एनाक्सिमेनसको समयसम्म आइपुग्दा मूलतः बेबिलोनियनहरुका धारणाहरुको प्रभावका साथै बौद्धायनको ज्यामितीय प्रभाव पनि देखिन्छ।

जेनोफेनस परमेनिडिजका गुरु मानिन्छन्। उनका धारणाहरुको प्रभावबाट परमेनिडिजले आफ्ना धारणाहरु बनाएको भन्ने पाइन्छ। त्यसैले उनको योगदान पनि उल्लेखनीय रहेको मानिन्छ। परमेनिडिज(५१४– ? ई.पू.)ले दीर्घकालीन प्रभाव पार्न सक्ने दार्शनिक अवधारणाको विकास गरेको देखिन्छ। उनले सत्यता कारणमा हुने र ज्ञानेन्द्रियहरुले जान्न नसक्ने बताएको पाइन्छ। उनले नहुनुबाट हुनु हुन सक्दैन र हुनुबाट नहुनु पनि हुन सक्दैन भन्ने गहन दार्शनिक विचार प्रस्तुत गरेको देखिन्छ। उनको धारणासँगै मिल्ने गरी आज पनि पिण्ड संरक्षणको सिद्धान्त तथा शक्ति संरक्षणको सिद्धान्तहरुको विकास भएको देखिन्छ। यसप्रकारको उनको धारणामा ‘हुनु’ र ‘नहुनु’ दुई पक्षहरु आएकाले द्वैतवाद वा द्वन्द्वात्मकताको सामान्य लक्षण प्रस्तुत भएको मानिन्छ (तर शरीर र आत्मा वा जीव र ईश्वरलाई दुई मूल पक्ष मान्ने द्वैतवाद भने यो होइन)। उनका कार्यहरुबाट उनीपछिका एनाक्सागोरस, जिनो, डिमोक्रिटस, इम्पेडोकल्स, एपिक्युरस आदिका विचारहरुमा मलजल भएको मानिन्छ। हामीले देख्ने, भोग्ने र प्रत्यक्ष रुपमा बोध गर्ने वस्तु वा विषयहरु वास्तविक होइनन् र ज्ञानचक्षुले बोध गर्ने वा जान्ने कुरा सत्य होइनन् कारणमा मात्र सत्यता पाउन सकिन्छ भन्ने उनको धारणा रहेको देखिन्छ।

एनाक्सगोरस(५००–४२८ ई.पू) निरीश्वरवादी दार्शनिकका रुपमा देखिएको पाइन्छ। उनले असङ्ख्य कणहरु नै वास्तविक रुपले पदार्थका रुपमा रहन्छन् भन्ने धारणा राखेको देखिन्छ। कणहरुमा र पदार्थमा विश्वास गर्ने भएकाले नै उनले सूर्यलाई तातो ढुङ्गो र चन्द्रमालाई पृथ्वीबाट बनेको वस्तुका रुपमा चित्रण गरेको र ईश्वरविरोधी भएका कारण वर्षौँसम्म बन्दी बनाइएको भन्ने उल्लेख भएको पाइन्छ। अँध्यारा दार्शनिक मानिने हेराक्लिटस(?)ले आगोलाई प्रमुख मानी आगो चिसिँदा र तातिँदा गोचर रुपका पदार्थहरु निर्माण हुने मानेको पाइन्छ। पिण्ड वा पदार्थको संरचनाका सन्दर्भमा हेराक्लिटसको पनि विशेष योगदान रहेको देखिन्छ। सूर्यबाट फुटेपछि चिसिएर पृथ्वी आदि ग्रहहरुको निर्माण भएको भन्ने मान्यतासँग मिल्दोजुल्दोजस्तो देखिने धारणा हेराक्लिटसले त्यतिबेला राखेको मान्न सकिने देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

11th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 14-16 बाट, पोष्ट क्रम 11

अभिव्यक्तिको युग
भौतिक शास्त्रको व्यवहारिक इतिहास मानव चेतना र आवश्यकतासँगै विकसित भएको देखिन्छ। यसरी क्रमिक रुपमा विकसित हुँदै जाँदा आðना अनुभव र देखाइभोगाइहरुलाई अभिव्यक्त गर्ने र विचारविमर्श गर्ने परम्पराको थालनी हुन थालेको देखिन्छ।
 अभिव्यक्तिका क्रममा कागजको निर्माणपूर्व ढुङ्गा, मूर्ति, धातु आदिको पनि प्रयोग गर्न थालिएको देखिन्छ। पाइथागोरसको भनेर चिनिने साध्यले दिने निष्कर्ष विशेष गरी हालको इराकको आसपास तथा दक्षीण सिरिया एवम् पूर्व टर्की वरिपरि पर्ने क्षेत्रमा विकसित भएको मानिन्छ र उबइद एवम् मेसोपोटामियाको सभ्यताका चरणहरुमा नै गणित, खगोलशास्त्र र भौतिक विज्ञानका आधारहरु पाउन सकिने बताइन्छ। दिनलाई २४ घण्टा, घण्टालाई ६० मिनेट र वृत्तलाई ३६० डिग्रीको कोणमा विभाजन गर्ने वर्तमान प्रचलनको श्रेय उनीहरुमा जाने मानिन्छ। (ससा. छुट) अझै पनि दिनलाई घडी, घडीलाई पला र एवम् रीतले कला, काष्ठा, निमेष, पल जस्ता एकाइहरु पनि ६० मा आधारित एकाइहरु हुन्। त्यतिबेला उनीहरुले वर्षलाई मूलतः दुई ऋतु (गृष्म र शिशिर) मा विभाजन गर्ने गरेको उल्लेख भएको पाइन्छ। सुमेरियन क्यालेन्डर हप्तामा ७ दिन हुने गरी तयार पारिएको उल्लेख छ। बेबिलोनियनहरुले कसरी विभिन्न आकार र वस्तुहरुका पाटाहरुको क्षेत्रफल मापन गर्ने भन्नेबारेमा विस्तृत अध्ययन गरेको उल्लेख छ। उनीहरुले व्यासलाई ३ ले गुणन गरेर वृत्तको परिधि निकाल्ने तथा उचाइ र आधारको गुणनफलबाट बेलनाको आयतन निकाल्ने गरेको पनि उल्लेख भएको पाइन्छ। गणितको आधार तयार पार्नेदेखि लिएर खगोल शास्त्र तथा भौतिक शास्त्रका आधार तयार पार्ने कार्य मेसोपोटामियन सभ्यता र त्यसपछिका सुमेरियन तथा बेबिलोनियन देखि नै भएको मानिन्छ।

कतिपय लोक तथा पौराणिक भनाइ, किस्सा एवम् कथाहरुमा आउने कल्पनाहरु पनि मानवीय समस्याका काल्पनिक समाधानका रुपमा आएको देख्न सकिन्छ। क्रमिक रुपमा विकसित भएको भौतिक विज्ञानको अव्यिक्तिमूलक, दार्शनिक र सैद्धान्तिक ग्रन्थाकार इतिहास भने सर्वप्राचीन ग्रन्थ मानिने पूर्वीय ग्रन्थ ऋग्वेददेखि आरम्भ र विकसित भएको देखिन्छ। पदार्थ, शक्ति, समय र यिनीहरुबीचका अन्तर्सम्बन्ध तथा ब्रहमाण्डका बारेमा उक्त वेदको दशाँै अध्यायको १२९ औँ सूक्त नासदीय सूक्तमा दार्शनिक व्याख्या गरिएको पाइन्छ। वर्तमानमा आइपुग्दा भने यस लामो कालखण्डका बीचमा भौतिक विज्ञानका क्षेत्रमा धेरै सिद्धान्तहरु प्रतिपादन भएको देख्न सकिन्छ। यसरी आनुभाविक तथा अभिव्यक्तिको युग अघि बढेको देखिन्छ।

नयाँ बेबिलोनियनहरुले वर्तमानमा पाइथागोरसको सिद्धान्त भनिने ज्यामितीय साध्यसँग जोडिएका कुराहरुको स्पष्ट सवालजवाफ गरेको भन्ने उल्लेख भएको पाइन्छ। त्यस्तै इशापूर्व ८०० को समयमा बौद्धायनले सो सिद्धान्त वा साध्यमा कार्य गरेको देखिन्छ। उनले पाइको मान वा ब्यासका आधारमा परिधि निकाल्नका लागि आवश्यक पर्ने गुणा»्कको मान समेत वर्तमान समयमा प्रचलित मानसँग मिल्ने गरी निकालेको मानिन्छ। गणितीय तथा दार्शनिक आधारहरु विकसित हुन थालेदेखि आजसम्म हेर्दा भौतिक विज्ञानको इतिहासले विभिन्न मोडहरु पार गरेको देखिन्छ। एकातिर ग्रीकहरुको अध्ययन एकपछि अर्को हुँदै चरणबद्ध रुपले विकसित र विश्लेषित हुँदै गएको देखिन्छ भने पूर्वमा पनि विभिन्न विद्वानहरुमा आस्तिक एवम् नास्तिक दर्शनहरु प्रस्तुत गर्ने होड चलेको देखिन्छ। प्रकृतिका स्वभाव र ब्रहमाण्डको उत्पत्तिको आधार खोज्ने कार्य पूर्व तथा पश्चिम दुवै तिर भएको देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

10tht post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 13-14 बाट, पोष्ट क्रम 10
अव्यक्त युग
विज्ञानमा पहिले समस्या आउने र पछि त्यसको समाधानको उपाय खोज्ने कार्य भएका उदाहरणहरु प्रशस्त मात्रामा पाउन सकिन्छ। ढुङ्गाको हतियार बनाउने मानिसहरुलाई हतियार कसरी प्रभावकारी बन्छ भन्ने कुरा वा सम्बन्धित व्यवहार थाह थियो। 
उनीहरुलाई लक्ष्यमा आइ लाग्ने अबरोधको मात्रा कम गराएमा जनावरको शिकार सजिलोसँग गर्न सकिन्छ भन्ने सैद्धान्तिक ज्ञान नभए पनि व्यवहारिक ज्ञान र अनुभव थियो भन्न सकिने देखिन्छ। चापको नियम वा सिद्धान्त थाह नभए पनि पशु बाँध्ने किलाहरु र शिकार हान्ने भालाहरु तिखो पार्ने कार्य उनीहरुले गर्दथे। उनीहरुले दौडिरहेका बेला शिकारलाई भाला प्रहार गर्दा शिकारलाई बढी जोडले भाला रोपिने वा टाढासम्म भाला पुग्ने हुन्थ्यो। यतिबेला शिकारीले थाह नपाएरै पनि शास्त्रीय वा न्युटनी भनिने सापेक्षताको सिद्धान्तले दिने ज्ञानको प्रयोग गरिएको हुन्थ्यो। धनुमा चढाउने वाणहरुको पछिपट्टि प्वाँख वा कुनै हलुका चीज राख्नुले इनर्सियल सङ्घर्षको एकता बनाई समग्र लगानी बलको प्रभावलाई एकत्र गर्दछ तर यी कुराहरु पनि कुनै सैद्धान्तिक ज्ञानविना नै उनीहरुले प्रयोग गरेका हुन्थे। आजसम्मका आधुनिक घरहरु बन्दासम्म हाम्रा पूर्खाहरुले कति घरहरु भत्काए होलान् र कति घरहरु तुल्याए होलान् भन्ने कुराको लेखाजोखा राख्न सकिँदैन। समयसमयमा देखिएका समस्याहरुको समाधान खोज्ने क्रममा मानिसहरुले अपनाएका विधिहरु वा उपायहरु नै आजको पुस्ताका लागि उपयोगी बन्न पुगेका छन्।
कालक्रमिक ज्ञानलाई वेवास्ता गरेर नयाँ उत्परिवर्तन गर्ने भन्ने कुराको सम्भावना कम नै हुन्छ। पहिलेका व्यक्तिहरुले गरेका कार्यहरु वर्तमान परिवेशका सापेक्षतामा विश्लेषण गर्दा सान्दर्भिक र सही नठहरिए पनि हामीले पुराना घर र सम्बन्धित आधारभूत सोँचहरु सम्पूर्ण रुपमा भत्काएर मात्र नयाँ र विकसित घरहरु बनाउन सकिन्छ भन्ने सोच्ने हो भने त्यो असम्भव प्रायः नै हुन्छ। हामीले पुराना घर भत्काए पनि पहिलेका ज्ञान र अनुभवहरुको आधारमा नै नयाँपन वा बलियोपन दिन सकेका हुन्छौँ। सबै (प्राप्त ज्ञानका शृङ्खलाहरुसमेत) भत्काउने हो भने पहिलेको अवस्थाको घर जत्तिको पनि बन्दैन। जसरी भवनहरुको निर्माण जगबाट भएको मानिन्छ त्यसरी घर बनाउने ज्ञानको विकासको प्रारुप पनि धेरै लामो अनुभव र परीक्षणात्मक नतिजाबाट निस्किएको मानिन्छ। त्यसैले अन्य क्षेत्रमा जस्तै भौतिक विज्ञानमा पनि अज्ञात व्यक्तिहरुको योगदान रहेको कुरामा दुई मत हुन सक्दैन। उनीहरु व्यक्तिगत रुपमा अज्ञात भए पनि उनीहरुका योगदानहरु आफैमा अविस्मरणीय छन्। उनीहरुले गरेको अनुभवहरुको समीक्षा र जाँच गरेर नै कतिपय वैज्ञानिक सिद्धान्तहरुको निर्माण भएको देखिन्छ भने कतिपय कुराहरु आकस्मिक तवरबाट पनि आएको देखिन्छ। अनुभव गरेर पनि अभिव्यक्त गर्न नसकेको युगलाई यहाँ आनुभविक वा अव्यक्त युग भनिएको हो। यस युगसँग सम्बन्धित स्वभावहरुको विश्लेषण गर्दा यस युगलाई विज्ञानको अलिखित र अव्यक्त युग पनि भन्न सकिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

9th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 12-13 बाट, पोष्ट क्रम 9

मूलतः शक्ति वा बलसँग सम्बन्धित दर्शनहरुलाई भौतिक विज्ञानको आधारका रुपमा प्रस्तुत हुँदै आएको पाइए पनि आजसम्मको भौतिक विज्ञानको परम्परा नियाल्दा अज्ञात मानिसहरुले दिएका व्यवहारिक समाधान र ज्ञात मानिसहरुले दिएका सैद्धान्तिक तथा व्यवहारिक योग
दानहरुबाट नै मानव समुदायका भौतिक समस्याहरु समाधान हुँदै आएको मानिएको पाउन सकिन्छ। कुनै समयमा समस्याको समाधानका लागि कुनै उपायको खोज गर्दा विभिन्न अनुभव लिने र ती अनुभवहरुबाट पनि सही ज्ञान हासिल गर्ने कार्य हुन्थ्यो भने पछिल्ला समयहरुमा अभिव्यक्ति र अन्तक्र्रियाका आधारमा समेत ज्ञानविज्ञानको विकास हुँदै गएको देखिन्छ। समग्रमा भौतिक विज्ञानको आजसम्मको विकासलाई हेर्ने हो भने कालक्रमिक, नियोजित वा आकस्मिक आदि विभिन्न शैलीबाट विकास भएको देखिन्छ। भौतिक विज्ञानका सिद्धान्तहरु कालक्रममा आएका कतिपय सिद्धान्तहरुको पुनः परीक्षणबाट पनि नयाँ रुपमा प्रतिपादन भएको पाउन सकिन्छ। यसलाई आधार मानेर हेर्दा विश्लेषण र आलोचनाबाट पनि नयाँ सिद्धान्तहरुको उद्भव हुन सक्ने कुरामा असहमति जनाउन नसकिने देखिन्छ। भौतिक विज्ञानको विकासलाई मूलतः दुई युगमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ, ती हुन्–
–अव्यक्त युग
–अभिव्यक्तिको युग ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

8th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 12 बाट, पोष्ट क्रम 8

भौतिक विज्ञानको परम्परामा आजसम्म बल वा शक्तिसँग सम्बन्धित कुराहरु नै बढी चासोका साथ उठाइएको देखिन्छ। मानिसले गर्ने श्रमको मात्रा बढी हुन सके मानव समुदाय समग्रमा लावान्वित हुने कुरा माक्र्स र एङ्गेल्सका दर्शनहरुमा पनि उल्लेख भएको पाइन्छ। शक
्ति वा बलसँग सम्बन्धित अध्ययनहरुले मानव समुदायको श्रमको बचत र विकल्प दिने आधारहरुको खोजी गर्ने कार्य गरेको देखिन्छ। भौतिक विज्ञानको इतिहासमा सबभन्दा ठूलो घटनाका रुपमा लिइने न्युटनको प्रकृतिको गणितीय सिद्धान्त मूलतः बलको व्याख्यामा केन्द्रित रहेको देखिन्छ। व्यवहारिक जीवनमा लगानी गर्न सकिने बल र गुरुत्त्व बलका बारेमा सो पुस्तकमा चर्चा गरिएको उल्लेख भएको पाइन्छ। पदार्थ र शक्तिसम्बन्धि अध्ययन नै भौतिक विज्ञानको मूल लक्ष्य भएको बताइए पनि शक्तिबारेका सिद्धान्त र अध्ययनहरुको प्रभाव निकै रहेको देखिन्छ। भौतिक विज्ञानमा प्रारम्भदेखि नै शक्ति वा बलसम्बन्धि प्राकृतिक स्वभावहरुको अनुभव र अध्ययन भएको देखिन्छ। तर यतिमात्र नभई पदार्थको पनि शक्तिसँग जोडेर सँगसँगै अध्ययन गरिएको देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

7th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 11-12 बाट, पोष्ट क्रम 7

परिचय
कुनै समय त्यस्तो थियो भन्न सकिने आधारहरु पाइन्छ भन्ने मानिन्छ कि भाषा र लिपिको विकास भइनसकेको भए पनि वैज्ञानिक क्रियाकलापहरु भइरहन्थे। र यो पनि भन्न सकिने आधारहरु फेला पार्न सकिएको मानिन्छ कि त्यतिबेला पुस्तक प्रकाशन, बहस, दार्शनि
क विचारविमर्श आदि केही हुँदैनथे तर मानव समुदायका विकास, हित र उन्नतिका लागि आवश्यक वैज्ञानिक कार्यहरु जानीनजानी गरिएका हुन्थे। प्रकृति र यसका स्वभावहरु बुझ्ने र ती स्वभावहरुलाई आफ्ना समस्याहरुको समाधानका पक्षमा वा अनुकूलतामा ढाल्ने प्रयास उनीहरुले गर्दथे। जनावरका सिङ्, तिखा आकारका ढुङ्गा, हड्डीहरु आदिको प्रयोग पनि उनीहरुबाट भएको हुन सक्ने मानिन्छ। मानिसको विकास क्रमिक रुपले हुँदा उनीहरुबाट भाला, औजार, वाण आदिको प्रयोग भएको मानिन्छ। ओढारको बास छोडेर घरबासहरु बनाउन थालेदेखि बासहरु भत्किने र बन्ने क्रम निकै लामो समयसम्म रहे होला र नयाँनयाँ तरिकाहरुको ज्ञान हासिल हुँदै गए होलान्। उनीहरुले नजानेर, नलेखेर र नभनेर गरेका कामहरु अवश्य पनि पछिल्लो समयमा देखिने विकासका लागि मेरुदण्डका रुपमा आए होलान्। यसरी ज्ञात योगदानकर्ताहरुभन्दा पहिले पनि आजको अभिव्यक्तिको समुन्नत विज्ञानको युगको थोरबहुत आधार तयार भइसकेको थियो भन्न सकिन्छ। यसको अर्थ के भने नयाँ युगहरु आकस्मिक घटना वा सन्दर्भबाट मात्र उत्पन्न वा विस्तार नभई क्रमिक रुपमा विकसित हुँदै आएको हो भन्ने कुरामा विमति राख्न नसकिने देखिन्छ। यसरी वर्तमानमा भए गरेका कामहरुमा अज्ञात मानिसहरुका कार्यहरुले पनि अविस्मरणीय भूमिका निर्वाह गरेका छन्। ज्ञात मानिसहरुभन्दा पहिलेको युगलाई अज्ञात र महान् वैज्ञानिकहरुको युगका रुपमा लिन सकिन्छ। यसलाई अव्यक्त र व्यहारिक विज्ञानको युग पनि भन्न सकिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

6th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 10 बाट, पोष्ट क्रम 6
सारांश ('पुस्तक परिचय' खन्डको)
यस पुस्तकमा उठाइएका विषय नयाँ र चुनौतीपूर्ण भए पनि यस अघि प्रकाषित 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको पुस्तकमा सिद्ध गरि सकिएका विषयहरूमध्येको न्युटनको चालको दोस्रो नियमको खन्डनक्सँग सन्बन्धित विषयलाई सरलीकरण र विस्तृतीकरण गर्ने कार्य यसमा गरिएको छ। कतै पिन्ड र प्रवेगको गुणनफल लगानी भएको बलसँग 
वराबर हुन्छ भन्ने, कतै दुई भिन्न अन्तरालमा देखिएका मोमेन्टमहरूको अन्तर बलसँग बराबर हुन्छ भन्ने जस्ता फरकफरक मान्यता बोकेको चालको दोस्रो नियम आफैँमा द्वैध र अस्पष्ट मार्गबाट पार भइरहेको देखिन्छ। यस नियमलाई कतै दुई मोमेन्टनबीचको अन्तरलाई समयले भाग गरी आएको परिमाणलाई पुन: लगानी भएको स्मयले गुणन् गरेर आउने इम्पल्सलाई लगानी बलसँग बराबर हुन्छ भन्ने मानेको पनि देखिन्छ। बिभिन्न रूपमा चित्रित गरिँदै आएको सो नियम कुनै तरिकाबाट पनि सही देखिँदैन यस समस्याको समाधानका लागि पनि यो पुस्तक तयार पारिएको हो। 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको पुस्तकमा सिद्ध गरिएका विषयमध्ये न्युटनको चालको दोस्रो नियम र सो नियमसँग जोडिएका विषयहरूमा यस पुस्तक केन्द्रित रहेको छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

5th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 9-10 बाट, पोष्ट क्रम 5
क्रमश:
...
यस पुस्तकसँग सम्बन्धित भौतिक शास्त्रको संक्षिप्त इतिहसलाई केही रूपमा दिई पाठकहरूलाई इतिहासको आवश्यक जानकारी गराउने कार्य यस पुस्तकमा भएको छ। न्युटनको चालको दोस्रो नियमबारे थप जानकारी दिने र सो नियममा देखिएका कमीकमजोरीहरूको खण्डन गरी विश्लेषणात्मक र व्याख्यात्मक समाधान दिने कार्य भएको छ। नयाँ सिद्धान्त के हो? भन्ने बारे पनि केही मात्रामा यसम
ा जानकारी गराइएको छ। यस क्रममा नयाँ सिद्धान्तमा भएका मान्यता र चरहरूको सामान्य जानकारी दिई अनुसन्धानको निचोड दिने कार्य पनि पछिल्ला कन्डमा भएको छ। विषयगत विशिष्टता , व्यापकता र सन्दर्भअनुरूप यसमा कुनै खण्ड लामा र कुनै खण्ड छोटा रहन गएका छन्। यस पुस्तकले प्रभाव पार्ने क्षेत्रअनुरूप यसमा विभिन्न आकारका अधायहरूको आयोजन गरिएको हो।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

4th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 9 बाट, पोष्ट क्रम 4
...
क्रमश:

'न्युटनको चालको दोस्रो नियम' गुरुत्वाकर्षणको नियम, सपेक्षताको सिद्धान्त, विद्युतीय बल वा शक्तिका नियमहरू र बल वा शक्तिसम्बन्धि धेरै नियमहरूसँग सम्बन्धित भएको पाउन सकिन्छ। यस पुस्तकमा चालको दोस्रो नियमको अन्य पक्षसँगको सम्बन्धबारे पनि चर्चा गरिएको छ। कतिपय नियमहरू न्
युटनको चालको दोस्रो नियममा नै आधारित भएको देखिएकाले न्युटनको चालको दोस्रो नियमसँगै ती नियमहरू पनि त्रुटिपूर्ण हुन पुग्दछन्। बल र शक्तिसँग जोडिएका आयामिक मान्यताहरू र तिनका एकाइहरू पनि सो नियमको खण्डनसँगै खन्डित हुन पुगेका छन्। यस कारण पनि यस पुस्तकको महत्त्व रहेको छ। यस पुस्तकको अध्ययनपछि आफ्नै स्वध्ययनबाट पनि पाठकहरूले न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? भन्नेबारे सबैले जानकारी पाउन सक्ने छन्। पहिले नै सिद्ध गरिएको विषयलाई सरल र विस्तृत रूपमा प्रस्तुत गर्ने उद्देश्य यसको रहेको छ। प्रकृतिमा रहेका मानिएका चारवटा: गुरुत्वाकर्षण बल, विद्युतचुम्बकीय बल, सबल बल र दुर्बल बललाई एकै सिद्धान्तबाट वर्णन गर्न सकिने साझा आधार वा साझा सिद्धान्त के हो? भन्नेबारे पनि यसमा केही जानकारी दिइएको छ।
...
क्रमश:

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

3rd post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 8-9 बाट, पोष्ट क्रम: 3

... 
केही हदसम्म ग्यालिलियोको भूमिकाले भौतिक शास्त्रको आधार तयार पारेको पनि मानिन्छ। इनर्सियाको नियम, प्रवेगको स्थापना, गुरुत्वात्मक पिन्ड र इनर्सियल पिण्डको मान्यता, खगोलीय पिण्ड आदि विषयमा उनले दिएको योगदान आफैँमा अविस्मरणीय रहेको मानिन्छ। तर उनीपूर्व पनि उनका धारणाहरूका अधारहरू प्रस्तुत भइसकेका थिए भन्ने कुरा आगामी खण्डमा स्पष्ट गरिएको छ। त्यसैले
प्रभावका आधारमा हेर्दा न्युटनको चालको दोस्रो नियमलाई नै सबभन्दा असरदार नियमका रूपमा लिन सकिन्छ। भौतिक शास्त्रको सबैभन्दा असरदार नियमका रूपमा रहेको न्युटनको चालको दोस्रो नियममा भएका कमजोरीबारे थप जानकारी दिन तयार पारिएको यस पुस्तकलाई पुस्तक परिचय, न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा, न्युटनको सामान्य परिचय, न्युटनको चालको दोस्रो नियमको सामान्य परिचय, न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?, र उपसंहार जस्ता शीर्षक र विभिन्न उपशीर्षकहरूमा विभाजन गरिएको छ। यसको अग्र भागमा शीर्षपृष्ठ, प्रतिलिपि अधिकार पृष्ठ, विषयसूची, र प्रकाशकीय रहेका छन्। यसको समापन भागमा सन्दर्भसामग्रीहरूको सूचीसमेत राखिएको छ। यसप्रकार यस पुस्तक भौतिक शास्त्री, प्राध्यापक, विश्लेशक, दार्षनिक, शिक्षक, विद्यार्थी आदि सबैका लागि उपयोगी हुनेछ।

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

2nd post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

यस पुस्तक ज्ञानको विद्यमान भन्डारमा ज्ञान थप्ने विशुद्ध प्रयोजनका लागि लेखकको निजी प्रयास र निर्देशनबाट तयार पारिएको अनुसन्धानात्मक कृति भन्न पनि सकिन्छ। भौतिक विज्ञानका जगत््मा यसको प्रायोगिक प्रयोजन समेत उत्तिकै रहेको छ। भौतिक विज्ञान अन्योलपूर्ण र प्रायोगिक रूपमा अस्पष्ट हुनु आफैँमा उचित होइन। विभिन्न चरहरूको दोहोरो गणना वा मापन गरी सिद्धान्तहरूको प्रतिपादन गर्ने कार्य हुँदा भौतिक विज्ञान विकृत र गोलमाल बन्न पुगेको छ। भौतिक शास्त्रमा बन्धनकारी मानिएका आयामिक मान्यताहरू
 नै त्रुटिपूर्ण अवधारणाबाट निर्देशित भएको पाउन सकिन्छ। यसै नियमको प्रभावका कारण आइन्सटाइनको सापेक्षताको सिद्धन्त तथा अन्य बल, शक्ति, कार्य र सामर्थ्यसम्बन्धी विभिन्न नियमहरू त्रुटिपूर्ण हुन गएको देखिन्छ। यसले गर्दा एकातिर मानव जगतमा सही सन्देश दिन सकेको देखिँदैन भने अर्कातिर पुस्तै पिच्छे गलत ज्ञान सम्प्रेषण भइरहने खतरा देखिन्छ। त्यसैले पनि भौतिक विज्ञान झन्डै पुनर्निर्माण नै गर्नुपर्ने देखिएको छ। यही आवश्यक्तालाई मध्येनजर गरी यसभन्दा अघि 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको पुस्तक प्रकाशन गरिएको थियो। सोही पुस्तकमा प्रमाणित गरिएका विषयहरूमध्येको न्युटनको चालको दोस्रो नियमलाई सरल ढङ्गले थप वर्णन गरी सम्बन्धित अध्यनलाई थप व्यापक बनाउन यस पुस्तक तयार पारिएको हो। भौतिक शास्त्रको आमूल परिवर्तिन गर्ने उद्देश्य राखेको 'भौतिक शास्त्र पुनर्निर्माण अभियन'मा यसले समेत थप सहयोगी भुमिका निर्वाह गर्नेछ।

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 8 बाट, पोष्ट क्रम: 2

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

1st post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

पुस्तक परिचय

परिचय
यस अनुसन्धानमूलक पुस्तकको शीर्षक 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' वा अङ्ग्रेजी भाषामा 'How is the Newton's Second Law of Motion Wrong?' रहेको छ। यस पुस्तकलाई सजिलोका लागि विभिन्न स्थानहरूमा 'यस पुस्तक' भनी सम्बोधन वा नामकरण गरिएको छ। शीर्षक हेर्दा अलिक चुनौतीपूर्ण लाग्ने यस पुस्तक भौतिक शास्त्रमा भएका आधारभुत तथा अन्य कमीकमजोरीहरूमध्ये न्युटनको चालको दोस्रो नियममा भएका त्रुटिहरूको यकिन वा पहिचान गरी यथोचित र नवीनतम समाधान प्रस्तुत गर्ने उद्देश्यमा 
केन्द्रित छ। यसमा भौतिक शास्त्रका क्षेत्रमा नयाँ नियमको प्रतिपादन गर्ने वा नयाँ अवधारणालाई स्थापना ग्रने कार्य भएको छ। 'भौतिक विज्ञानमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको अनुसन्धानमा न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? भन्नेबारे समेत स्पष्ट गरिए पनि सो अनुसन्धान केही बढी सैद्धान्तिक भएकाले र कुनै एकै विषयमामात्र केन्द्रित नरहेकाले यस पुस्तकको आवश्यक्ता रहेको हो। यस पुस्तकमा न्युटनको चालको दोस्रो नियममा केन्द्रित रहेर सो नियममा भएका गल्तीहरू र सम्बन्धित गल्तीहरूका कारण प्रभावित हुन पुगेका क्षेत्रबारे समेत जनकारी गराइएको छ।

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?
--धारावाहिक प्रस्तुति: पृष्ठ: 7-8 बाट, पोष्ट: 1

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

Tuesday, August 21, 2012



"बाउन्स् शैलीको बौद्धिक परम्परामा सुधार आवश्यक"


--शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला (Prof. Dr. Bidyanath Koirala)

वरिष्ठ शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले हाम्रै देशको कुरा अरुले भनिदिएपछि वा अन्यत्रै ठोकिएर फर्किएपछिमात्र ग्रहणीय र अनुकरणीय लाग्ने 'बाउन्स् शैली'को बौद्धिक परम्परामा सुधार गर्नुपर्ने आवश्यक्ता भएको औँल्याउनु भएको छ । कोइरालाले (वि सं २०६९) साउन २७ गते शनिवारका दिन 'भविन्द्र कुँवर'द्वारा लिखित 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' शीर्षकको भौतिक
 शास्त्रीय अनुसन्धानात्मक कृति हेराल्ड इन्टर्नेशनल कलेज, चक्रपथमा विमोचन गर्दा उक्त कुरा वताउनु भएको हो । उक्त कलेजका पृन्सिपल नारयाण उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा 'मनोज शर्मा'ले आगन्तुकहरूलाई स्वागत मन्तव्यबाट स्वागत गर्नु भएको थियो भने कार्यक्रम 'भौतिक शास्त्र पुनर्निर्माण अभियान'का सदस्य सचिव नवीन भावुकले सन्चालन गर्नुभएको थियो ।


प्रमुख अतिथि कोइरालाले नेपालीहरू पनि कुनै नयाँ कुराहरूलाई अरुले विश्लेषन गरिदिएपछि वा भनिदिएपछि मात्र सकारात्मक रूपमा लिने अन्यथा त्यसलाई अविश्वास र उपेक्षा गर्ने मानसिक्ता र सोँचबाट माथि उठी आफैँले सही र गलत छुट्टाउने बानी र क्षमताको विकास गर्नुपर्ने आवश्यक्ता देखिएको बताउनु भएको छ । "न्युटन, आइन्स्टाइन आदि जुनकुनै वैज्ञानिकलाई भगवान शैलीमा ग्रहण नगरी स्वतन्त्र रूपमा नयाँ विचारहरूको विश्लेषण, परीक्षण र व्याख्या गर्नुपर्ने कर्तव्य हामी सबैको हो । 'योग' हुँदा सम्म हाम्रो चासो भएन अरुले 'योगा' भनिदिएपछि निकै चासोका साथ अनुसरण गर्दछौँ । अन्यत्रबाटै आउनुपर्ने हाम्रो 'बाउन्स् बुद्धि'को परम्परामा सुधार गर्नुपर्ने
भएको छ ।", उहाँको भनाइ थियो । हाम्रो दर्शनको बुझाइ स्पष्ट हुनु आवश्यक छ भन्दै उहाँले भन्नुभयो, "नेपाली नेताहरू धेरैले भौतिकवाद र मार्क्सवादलाई सही रूपमा बुझेको मान्नुहुन्छ तर उहाँहरूको बुझाइ नै परस्परमा आलोच्य र भिन्न छ, यसलाई के भन्ने?" हाम्रो देशमा अनुसन्धानको क्षेत्र प्रशस्त रहेको र दास मानसिकताबाट मुक्त हुनुपर्ने आवश्यक्ता औँल्याउँदै उहाँले थप्नु भयो, "हाम्रो थकालीले आफ्नै बुद्धिले बनाएका चुलाहरू र हाम्रा विश्वकर्माले बनाएका औजारहरूमा पाइने मौलिक्ताहरूलाई पनि हामीले अरु कसैले नभनिदिँदै र नखोजिदिँदै सम्मान गर्न सक्नु पर्छ ।"

कार्यक्रममा बोल्ने अतिथिहरूले सम्बन्धित सबैले यस प्रकारका विषयबारे स्पष्ट गर्नुपर्ने आवश्यक्ता औँल्याएका थिए । यसै क्रममा शुभकामना मन्तव्य दिँदै 'मानव अधिकार तथा शान्तिसमाज'का महासचिव गङ्गाधर अधिकारीले कि त भौतिक शास्त्रीहरूले भविन्द्र कुँवरलाई कन्विन्स् गर्न सक्नु पर्छ कि त यो विषयलाई अगाडि बढाउन पहल गर्नुपर्छ् भन्ने धारणा राख्नु भएको थियो । "भविन्द्र कुँवरले गरेको काम के हो? त्यो भौतिक शास्त्रीहरूले नै जान्नुहोला, खोज्नुहोला तर न कुँवरका कुरा खन्डन गर्न सक्ने न सही छ भन्ने हो भने नयाँ कुराहरू गर्ने वातावरण सही रूपमा विकसित हुन सक्दैन । एउटा नेपालीले गर्न र दिन खोजेको चुनौती विज्ञानका क्षेत्रमा गरेका कार्यहरू सफल होऊन् भन्ने कामना र सदाशयता हाम्रो हो र हुनुपर्छ भन्ने हो", अधिकारकर्मी अधिकारीले बताउनुभयो ।

कृतिमाथि समीक्षा गर्ने कार्य सोही कलेजका भौतिक शास्र विषयका अध्यापक बालबिक्रम खत्रीबाट भएको थियो । खत्रीले कुँवरले प्रस्तुत गरेको नयाँ डाइमेन्सनका बारेमा अझ थप स्पष्ट गर्नु पर्ने आवश्यक्ता रहेको बताउँदै कुनै पनि सिद्धान्तहरू स्थापना हुन शताब्दिऔँ लाग्ने गरेको पाएको बताउनु भएको थियो । समीक्षक खत्रीले पुस्तकको शीर्षक 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' भनेर नराखेर 'त्रुटिहरू', 'खन्डनहरू', वा अन्य केही राखिदिएको भए अगाडि जानका लागि थप सहज वातावरण सिर्जना हुने धारणा समेत राख्नुभएको थियो । महत्त्वपूर्ण ऐतिहासिक सामग्री र तिनको विश्लेषन समेत रहेकाले पनि उक्त कृति पठनीय हुनुका साथै अनुसन्धानकार्ताका लागि थप उपयोगी हुने धारणा समीक्षक खत्रीको थियो ।

विमोचित कृतिका लेखक 'भविन्द्र कुँवर'ले ठुलोठुलो लगानी नभए पनि हार्दिकता र आपसी सहयोगी भावनाका आधारमा यस खालका कार्यहरू सम्पन्न गर्न सकिएको बताउँदै अर्बौँ डलर लगानी भएका परीक्षणहरूबारे समाचारहरू सुन्दा र ती समाचारहरूमार्फत् विज्ञानका क्षेत्रमा त्यति धेरै लगानी गर्ने देशहरू पनि रहेछन् भन्ने थाह पाउने अवसर पाउँदा बेलाबेलामा अत्यन्तै खुशी लाग्ने गरेको अनुभव सुनाए । कुँवरले उक्त कृतिको शीर्षक न्युटनको चालको दोस्रो नियममा भएका त्रुटिहरूमा नै केन्द्रित भएकाले नयाँ डाइमेन्सन आदि अन्य विषयहरूबारे यसमा सम्पूर्ण रूपमा उल्लेख नगरिएको बताउनु भएको थियो । सिद्धान्त बन्दा हुन सक्ने त्रुटिहरू र नयाँ सिद्धान्तको प्रतिपादन हुँदा समाजको दृष्टिकोण एवम् भोगाइमा कुँवरको भनाइ केन्दृत थियो । "प्रकृतिको स्वभावको पहिलो बुझाइमा त्रुटि छ वा छैन र बुझाइपछिको अभिव्यक्तिमा त्रुटि छ वा छैन भनी जाँच गरेर हेर्दा कुनै पनि सिद्धान्त वा नियमले प्रकृतिको स्वभावको प्रतिनिधित्व गर्न सकेको छ वा छैन भन्ने कुरा जान्न
सकिँदो रहेछ ।", कुँवरको भनाइ थियो । धेरैजसो भौतिक शास्त्रीहरू आर्किमिडिजको सिद्धान्त सही नभए पानीजहाज डुब्ने, न्युटनको चालको नियम सही नभएको भए यन्त्र, जहाज, रकेट र गाडीहरू नचल्नु पर्ने कुरामा विश्वास गर्ने र तिनै कुरा बढी उठाउने गर्छन् तर ती सबै एकातिर खोलो अर्कातिर पुलजस्तै हुन् । यस्ता कुरा पनि एटम बमलाई E = mc^2 सँग जोडेजस्तै हो भन्ने उनको धारणा थियो ।

भविन्द्र कुँवरले यो पनि थपे कि, "हरेक समयान्तरालमा दुरीको मात्रा थप हुँदै गए पनि न्युटनपूर्वदेखि नै गतिमा परिवर्तन हुने लहर चलेको र न्युटनले समेत सोही कुरालाई पछ्याउँदै गर्दा सानो तर आधारभुत कुरामा पनि ध्यान नदिइएको विश्वप्रसिद्ध नियमका रूपमा न्युटनको चालको दोस्रो नियम देखा परेको छ । अनुक्रमको त्रुटिपुर्ण उपस्थिति हुनुका अतिरिक्त चालको दोस्रो नियममा थुप्रै त्रुटिहरू रहेका छन् र तीबारे यस पुस्तकमा उल्लेख गरिएको छ । पूर्वस्थापित नियमहरू खुला रूपमा आइसकेका छन् अब कसैले कुनै बहाना गरेर वा छोपेर वा तोपेर ती त्रुटिपूर्ण नियमहरू टिकाइ राख्न र सबै पुस्तालाई गलत रूपमा मार्ग निर्देशन गरिरहन सम्भव छैन किनकि तथ्यहरू अल्पमत वा बहुमतबाट निर्देशित भएको इतिहास पाउन सकिनँ । इतिहासमा विचार, सिद्धान्त वा नियमबाट विश्वविद्यालय, सङ्घसंस्था आदि प्रभावित हुँदै गएको जति धेरै पाउन सकिन्छ त्यति सङ्घसँस्थाबाट विचार, सिद्धान्त वा नियमहरू प्रभावित भएको पाइँदैन । मेरो यस प्रकारको इतिहासको बुझाईलाई अन्यथा अर्थमा लिनुहुनेछैन भन्ने अपेक्षा राखेको छु ।"

कार्यक्रमको अन्त्यमा सभापति नारायण उपाध्यायले आफ्नो र आफ्नो संस्थाका तर्फबाट यस कार्यका लागि हुन सक्ने सहयोग गर्न हरदम इच्छुक रहेको बताउनुभएको थियो । कुनै पनि असल कार्यहरू ओझेलमा पर्नु राम्रो नहुने धारणा राख्दै कार्यक्रमका सभापति उपाध्यायले भन्नुभयो, "हामी सबैले आआफ्ना तर्फबाट सक्दो सहोयोग गर्नुपर्छ, बन्दका बेलामा पनि उपस्थित भई कार्यक्रम सफल बनाइदिनुभएकोमा अतिथि तथा सम्पूर्ण उपस्थित महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछु ।" यातायात व्यवसायीले गरेको बन्दका कारण कार्यक्रम केही ढिलो सुरु भएको थियो भने उपस्थित सबैलाई पुस्तक तथा सम्बन्धित सामग्री उपलब्ध गराइएको थियो । कार्यक्रम हेराल्ड इन्टर्नेशनल कलेज, भौतिक शास्त्र पुनर्निर्माण अभियान, र काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्सको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । भविन्द्र कुँवरका भौतिक शास्त्रसँग सम्बन्धित अन्य चार कृतिहरू यसअघि नै प्रकाशित भइसकेका छन् भने उनले विस्थापित तरल पदार्थको तौल ऊर्ध्वचापभन्दा कम हुँदा बढी ऊर्जा उत्पादन गर्न सकिने र बढी हुँदा उही परिमाणको तरल पदार्थबाट कम ऊर्जा उत्पादन गर्न सकिने मेशिन (UBM-1) को आविष्कारसमेत गरिसकेका छन् । आर्किमिडिजको सिद्धान्त स्पष्टत: गलत भएको कुरा विभिन्न कलेजका प्रयोगशालाबाट प्रायोगिक रूपमै समेत सिद्ध गर्ने कार्य पनि उनीबाट भइसकेको छ ।


News from: Physics Reformation Campaign (https://www.facebook.com/campaigntwo)

Tuesday, July 17, 2012

About Upthrust Based Machine, "UBM-1". Another proof of the disproving of the Archimedes Principle

ABOUT IMPORTANT AND INTERESTING INVENTION (ALSO DISCOVERY)

असार ३०, काठमाडौँ मोडेल कलेज (KMC) मा एउटा उपयोगी मेशिनको सफलता पूर्वक परीक्षण प्रदर्शन गरियो । भबिन्द्र कुँवरले आविष्कार गरेको उक्त ऊर्ध्वचापमा आधारित प्रक्रियासँग सम्बन्धित मेशिन (Upthrust Based Machine) को नाम 'UBM-1' रहेको थियो । काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा लि मा सम्पन्न भएको उक्त यन्त्र धेरै समय पछिमात्र सन्चालनमा आएको थियो । यस अघिका प्रयासहरूले सफलता पाउन नसके पनि यस पटक भने सफल भएको कुरा आविष्कारक कुँवरले बताए । कुँवरका अनुसार सो मेशिन असार २५ गते राति १ बजेमात्र सफलता पूर्वक सन्चालनमा आएको थियो ।

पहिले विष्णु ज्ञवाली, गङ्गाधर अधिकारी, मनोज शर्मा, विक्रम विवश आदि साथीहरूबाट सहयोग मिले पनि पछिल्लो समयमा रमेश कार्की, मीन घिमिरे, नवराज घिमिरे, बद्रि शर्मा, धिरज कोइराला, ईश्वरी कोइराला, पङ्कज कोइराला, युवराज घिमिरे, केशव शर्मा आदिले सामान जुटाउन र अन्य पारिवारिक अनुकुल वातावरणका लागि सहयोग बेलबहादुर कुँवर, दिपीका अधिकारी, बन्दना कुँवर, दाजुहरू रोहितकुमार कुँवार, वीरबहादुर कुँवर् तथा इन्द्र कुँवरबाट भएको कुरा कुँवरले बताउँछन्, आर्थिक सहयोग र अन्य सहयोग नवधलागिरि सहकारी संस्थाका अध्यक्ष भिम सापकोटाबाट भएको थियो । दिनमा परीक्षण गर्दा सफल नभएका खन्डमा आफन्त र शुभेच्छुकहरूमा नकारात्मक सन्देश जाने गरेको देखिएकाले रातलाई नै विशेष रूपले प्रयोग गरेको कुरा उनले बताए । उनका अनुसार घरको पेशाका रूपमा रहेको टर्वाइनमा आधारित ऊर्जा उत्पादन प्रणालीमा आधारित कुटानिपिसानी मिलहरू तथा डिजेल र विजुली मिलमा सानैदेखि काम गरे पनि यो प्राणालीबाट कार्य गर्न निकै कठिन थियो, न त्यहाँ प्रयोग भएका बेइरिङ्हरू प्रयोग हुने, न ती शैलीमा काम गरेर हुने । टर्वाइनमा आधारित मिल चलाउन बुबा र दाजुहरूले सिकाउनु भएको थियो । घरको पेशा नै मिल चलाउने नै थियो । तर यस प्रकारको ऊर्ध्वचापमा आधारित मेशिनमा प्रयोग हुने उपकरणबारे कहिल्यै जान्न र देख्न नपाएकाले बारम्बार तोड्नुपर्ने समस्या आई धेरै पटकका प्रयासहरू असफल भएका थिए । "बनाएका मेशिनले सोचेजस्तो काम नगरिदिँदा म हैरान नै थिएँ । न यस प्रकारको शैलीबारे जान्न पाइयो, न यसरी चलेको यन्त्र कतै देखियो, न कसैबाट यसको कार्य शैलीबारे सही सल्लाह दिन सके त्यसैले नचाहिने कुरामा समय खर्च भए होला" उनको भनाइ छ ।

कार्यक्रममा समाजसेवी गोविन्द नेपाली, भौतिक शास्त्री बालविक्रम खत्री, राष्ट्रिय वाणिज्य बैँकका नारायण अधिकारी, उप-प्राध्यापक एकारत्न आचार्य, गणित शिक्षक विष्णु ज्ञवाली तथा काठमाडौँ मोडेल कलेजका ध्रुब भट्टराईले शुभकामना मन्तव्य दिनुका साथै आफ्नो स्थानबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । विष्णु ज्ञवालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन "भौतिक शास्त्र पुनर्निर्माण अभियान"का सदस्य सचिव नवीन भाबुकले गरेका थिए । कार्यक्रम "भौतिक शास्त्र पुनर्निर्माण अभियान"का संयोजक, काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स् प्रा लि का प्रवन्ध सन्चालक तथा सो मेशिनका आविष्कारक भबिन्द्र कुँवर बाट भएको थियो ।

सो मेशिनको सैद्धान्तिक आधार ०६५ माघ २० गते नै रेपोर्टस् क्लबमा सार्वजनिक गरे पनि मेशिन निर्माण भइनहाल्दा उपस्थित भौतिक शास्त्री तथा उपस्थित विज्ञान मन्त्री गणेश शाहले मेशिन जति सक्दो छिटो निर्माण गर्न सल्लाह दिएका थिए । त्रिभुवन विश्वविद्यालय, भौतिक शास्त्र केन्द्रीय विभागले पनि लिखित रूपमै मोडेल निर्माण गर्न सुझाव दिएको थियो । अन्य संस्थाले पनि मोडेल निर्माणगर्न सुझाव दिएका थिए । गर्न सुझाव दिएका थिए । यिनै सुझाव, ऊर्जा सङ्कट र सर्वत्र चासो तथा अविश्वासका बीचमा धेरै पछिमात्र आएर यो यन्त्रको सफल परीक्षण भएको छ । यसका साथै भबिन्द्र कुँवरका "सामर्थ्यको सिद्धान्त" ("POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134), "भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान" ("REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), pages: 718), "आर्किमिडिजको सिद्धान्त कसरी गलत छ?" (Based on the book "Power Principle" Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134 and Published by Kathmandu Research and Publication Pvt. Ltd., Gongagu, Kathmandu) र :आर्किमिडिजको सिद्धान्त गलत प्रमाणित गर्दाका केही अनुभवहरू" (Pubilshed by Kathmandu Research and Publication Pvt. Ltd., Gongagu, Kathmandu) गरी चारवटा पुस्तकहरू प्रकाशित भएका छन् भने "न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?" (Based on the book REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), pages: 718) प्रकाशोन्मुख छ ।

पछिल्लो पटक कार्तिक १८ गते "काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा लि" ले निर्णय गरी सम्बन्धित मेशिन निर्माण सम्पन्न गर्न सहयोग गर्ने निर्णय गरेको थियो । यस क्रममा हालसम्म ३२००० भन्दा बढी खर्च भएको देखिन्छ । ढल, कुलो, समतल सतहमा बगेका नदी, समुद्र आदिमा पनि पानीको प्रवाहमा आधारित वा टर्वाइन प्रणालीमा निर्भर ऊर्जा उत्पादन प्रणालीमा भन्दा बढी ऊर्जा उत्पादन गर्न सकिने कुरा यो प्रणाली (ऊर्ध्वचापमा आधारित ऊर्जा उत्पादन प्रणाली) ले देखाएको छ । ठाउँ र पानीको मात्राका आधारमा ऊर्जा उत्पादन गर्न सकिने देखिएपछि सम्भावित उर्जाको मात्राको कुनै सिमीत मात्रा वा हिसावकिताव झ्याप्पै यकिन गर्न नसकिने देखिएको छ ।

परीक्षणको दिन कार्यक्रम तोकिएको समयभन्दा निकै ढिलो मात्र आरम्भ भएको थियो । मेशिन पहिले सेतो कपडाले छोपेको थियो । जब कुँवरले मेशिन खोल्ने कार्य भयो, तब देखिए राता पलास्टिकहरू, बट्टा र पाइप । मेशिनको नाम टाँसिएको थियो "युबिएम-१" । यसको अर्थ थियो, Upthrust Based Machine-1 अर्थात "ऊर्ध्वचापमा आधारित यन्त्र-१" । पानी धाराहरूबाट पाठाइयो । मेशिन आफैँ तल र माथि गर्दै गयो । केही बेरपछि सो मेशिनले तल र माथि गरेको भारको मात्रा मापन गरेर देखाउने कार्य भयो, सो भार थियो ४ किलो ग्राम भन्दा धेरै । भार तल र माथि गरेको हेर्न टाढाका दर्शकहरूलाई पनि सजिलो होओस् भनेर त्यहाँ राखिएका थिए केही बेलुलहरू पनि, ती बेलुनहरू सो पानीको कार्यसँगै तल र माथि गरिरहेका थिए । यसरी सो मेशिनको परीक्षण सम्पन्न भएको थियो । धुँवारहित, प्रदूषणरहित र नवीकरणीय अथाह उर्जा सहज रूपमा नै उत्पादन गर्ने यस प्रक्रिया र सो प्रक्रियासँग सम्बन्धित मेशिनको सफल परीक्षण र सार्वजनिकीकरण कार्यक्रमले अवश्य पनि अनुसन्धानकर्ताहरूलाई नयाँ क्षेत्रतिर प्रवेश गराउनेछ । अन्य विधिका अतिरिक्त यसले पनि ढिलोचाँडो संसारको उर्जासङ्कटको चिन्तालाई न्यूनीकरण गर्नेछ ।

भबिन्द्र कुँवरको भनाइ:

"म घरको मोटर जल्ने समस्याले सताइएको थिएँ । मोटरको समस्या समाधान गर्न बुबाले भनिरहनुहुन्थ्यो । आफ्नो थेसिसको काम गर्न पाइएको थिएन । मलाई दुई तारहरू जोडिए बिजुली पास हुने र टुटे टुट्ने थाह थियो । त्यो जोडाइ र टुटाई ट्याङ्कीको पानीको सतहको माथि र तल गर्ने प्रक्रियाबाट गराउन सकिने लाग्यो । यसका लागि हप्तौँ काम गर्दा पनि त्यही कुरालाई ऊर्जाका लागि प्रयोग गर्न सकिन्छ भन्ने होसै आएन । तर एक दिन स्विचका लागि जब पलास्टिकको रसी ल्याएर बोत्तल सँगै काम गर्दै गएँ तब त्यस सतहको उतारचढावलाई ऊर्जाका क्षेत्रमा प्रयोग गर्न सकिने लाग्यो । यसो सोचेँ एउटा तरिका आइ पनि हाल्यो । मलाई त त्यो स्विचको काम गर्न मनै लागेन । त्यो कुरा कसैलाई पनि नभनेर त्यसको ढाँचा बनाउन तिर लागेँ । घरमा नेपालीको थेसिस भन्दै त्यो मोडेल निर्माणतिर लागेँ । त्यसपछि मोटरसोटरको समस्यातिर ध्यानै दिइनँ । बुबाले मोतरको कुरा भने पनि भने पनि मैले आफ्नै काम गर्न छोडिनँ । एक दिन मेरा मित्र मिलन बुढा कोठामा आउनु भयो । ऊहाँले उर्जाबारे केही हुँदै छ भन्ने कुरा सुन्नु भएको रहेछ, तर कसरी भन्ने सुन्नुभएको रहेन्छ । मैले सो प्रकृयाको मोडेल निर्माण गर्दै थिएँ । उहाँले त्यो बारे सिद्धान्त नै बनाउने सल्लाह दिनुभयो । मैले त्यसै प्रणालीमात्र सावजनिक गर्ने सोचेको थिएँ । त्यसपछि म पनि सिद्धान्त निर्माण गर्नतिर लागेँ । यसबारे बुबालाई भन्ने मन थियो तर उहाँले काम पूरा नहुँदै अरुलाई भन्नुहोला भनेर भनिनँ । एक दिन विष्णु ज्ञवाली आउनुभयो । उहाँले पनि यसबारे सुन्नु भएको रहेछ, तर प्रकृया के हो? भन्नेबारे जान्न चाहनु भयो । सम्पन्न नहुँदै कसैलाई सार्वजनिक नगर्न भनेँ । उहाँले यसबारे सुन्नु भयो र बडो रुचिका साथ प्रतिकृया दिनुभयो । त्यसको केही हप्ता पछि मनोज भानिजकोमा बसेर कम्प्युटरमा मोडेल बनाएँ । बुबालाई यस मोडेल देखाएर प्रकृया बारे बताएँ तर त्यो कुरा अकस्मात् भएकाले उहाँले मेसो पाउनु भएन । मैले भोलिपल्ट पनि यसबारे बुझाउने प्रयास गरेँ तर बुझाउन सफल भइनँ । बुबालाई बुझाउन नसके अरुलाई कसरी बुझाउने? मेरो मनमा चिन्ता भयो । त्यसै केही समय बित्यो र एक दिन विभिन्न प्रयासपश्चात केही हद्सम्म बुझाएँ । उहाँले हुन सक्चा, पनि भन्नु भयो, यसले थप ऊर्जा प्राप्त भयो । त्यसपछि मनोज भानिजले पेटेन्ट लिनु पर्ने बताउनु भयो ।

मलाई यस्ता कुराको पेटेन्ट हुन्छ भन्ने पनि थाह थिएन । अनि समूह बनाउनु पर्छ पनि उहाँले नै भन्नु भयो । मैले पनि त्यसो भए समूह बनाउँ भन्ने सोचें । पेटेन्ट बनाएर के हुने हो भन्ने त एक रति पनि थाहा थिएन । मलाई त त्यो एउटा सामान्य प्रवर्द्धन समूह होला भन्ने मात्र लागेको थियो । समुहमा चिन्तन सरलाई पनि राखौँ भनेको त त्यो दिन, भोलिपल्ट र त्यसपछिका दिनमा पेटेन्टमा बस्ने मानिस जो अफिसमा नै जानुपर्ने भन्ने बुझ्नमा आयो । चिन्तन सर त्यो दिन कतै टाढै जाने बताउनु भयो । अनि आविष्कारकका रूपमा म रहे पनि पेटेन्ट आवेदनमा बिष्णु ज्ञवाली, विक्रम खत्रि, मनोज शर्मा, र बुबा बेलबहादुर कुँवर समेतलाई सो समुहमा राखौँ भन्ने सल्लाह भयो । त्यही बमोजिम पेटेन्टको आवेदन पनि दिइयो ।

यसपछि एउटा समुह छुट्टै दर्ता गरेर चलाउने कुरा आयो । त्यसको नाम Potential Technology Group राख्ने मौखिक सल्लाह भयो । पेटेन्ट आवेदन दिएको केही दिनमै सार्वजनिक कार्यक्रम गर्ने सोँच पनि आयो । मित्र विष्णु ज्ञवालीले मलाई आविष्कारक भएकाले तपाँईकै अध्यक्षतामा सो समूह निर्माण गर्नुपर्ने बताउनु भए पनि मैले सो आविष्कारको र उक्त समूहको कुनै सम्बन्ध छैन केवल कार्यक्रमहरू गर्नका लागि भएकाले बुबालाई नै अध्यक्ष बनाउँ भनेर जोड गरेँ । हुन त त्यो समुहको उद्देश्य मशिन निर्माण कार्य सम्पन्न गर्न सहयोग जुटाउने र प्रवर्द्धन गर्ने नै थियो, तर त्यो त्यतिकै भयो । मसहितको त्यो समुह र काठमाडौँ मोडेल कलेजबाट त्यो कामका लागि मलाई ठुलो सहयोग प्राप्त भए पनि त्यो टाढा भएका कारण त्यहाँ त्यो काम सम्पन्न गर्न सकिनँ । त्यसपछि मेरो विवाह भयो र त्यो काम त्यसै रोकियो । त्यसपछि पेटेन्ट अफिसमा जाने, घरमै प्लास्तिकको उपकरण बनाउने, नेपालीको थेसिस लेख्ने, पुस्तकहरू लेख्ने, आर्किमिडिजको सिद्धन्त कसरी गलत छ भन्नेबारे परीक्षण देखाउन र सोका लागि सामगृ बनाउने आदि काममा निकै समय लगानी भयो। भानिज मनोज भानिजले पनि केही सामान आफ्नो तर्फबाट उपहार सहयोग गर्नु भयो। वीम ब्यालेन्स उहाँलेनै उपहार दिनुभएको थियो । त्यसपछि कलेजहरूमा कुद्ने क्रम जारी भयो । पहिले काठमाडौँ मोडेल कलेजमा रमेश र म गयौँ । त्यहाँ धेरैचोटि गएपछि एउटा सहमति प्राप्त भयो । त्यसपछि हेराल्ड इन्टरनेशनल कलेजमा म र मनोज केही समान लगेर गयौँ । एवम् रीतले युनिवर्सल उ मा वि मा एक्लै गएँ । यी सबैले आर्किमिडिजको सिद्धान्त गलत छ भन्ने मेरो दाबीमा सहमति जनाए । मलाई यो नै प्रयाप्त भएको लाग्यो । पछि पत्रिकामा पनि आयो । त्यसपछि कतिपय कलेजमा जाँदा अलिक स्पष्ट प्रतिक्रिया आएन । अरु भन्दा पनि मेरा साथमा जानुभएको बुबानै छोराको काम उल्लु त होइन भन्नेतिर लाग्नु हुने हो कि भन्ने डर थियो । उहाँले त्यसो सोचिदिएको भए त सीधै घरमै समस्या आउँथ्यो र कलेजहरूमा जान पाइँदैनथ्यो । मैले अरुले अटेरी गरे पनि कम्तीमा पानी सरेको कुरा त देखाउन सकिन्थ्यो । सरेको कुरालाई सरेन भन्न सम्मपछि नपर्ने साथीहरूका व्यवहार देखेपछि बुबाले pani छोराले गलत कुरा गरेको रहेन्छ भन्ने ठान्नु भएको थियो । विषयगत कुरा जे भए पनि नेपाली पढेर कसरी यो खन्डन हुन सक्छ? भन्नेलाई बुबाले पनि रमाइलो जवाफ दिनुहुन्थ्यो । यसरी निकै समय बितेपछि धेरै मेशिनहरू बनाउने र भाँच्ने गरेँ । अन्त्यमा आफु नै संलग्न रहेको "काठमाडौँ रिसर्च एन्ड पब्लिकेसन्स् प्रा लि" बाट एकातिर पुस्तकहरू प्रकाशित गरेँ भनेँ अर्कातिर अर्कातिर यो मेशिनको सफल परीक्षण सम्पन्न गरेँ ।"

नवराज घिमिरेको भनाइ:

"म Batman कार्टुन हेरेर भर्खर सुत्ने सोचिरहेको थिएँ । त्यही समयमा बाहिर कोही आएजस्तो लाग्यो । को आएछ भने हेर्दा त अंकल (भबिन्द्र कुँवर) ले मेशिन लिएर परीक्षण गर्न आउनुभएको रहेछ । केही बेरपछि पानी जोड्ने काम भयो । मैले पनि पानी मिलाउन सहयोग गरेँ । मैले सो परीक्षण सामान्य मुडमा अवलोकन गरिरहेको थिएँ । अकस्मात पानीले आफै सतह माथि गर्यो र तल पनि गर्यो । मैले ल सफल भयो भनेँ तर अंकलले भने अझ एक चोटि गएको हेरौँ भन्नुभयो । तल आएको सतह पुन: माथि गयो र पुन: तल आयो । म अचम्मित भएँ । परीक्षण सफल भयो भनेर पानी बन्द गर्नु भयो । त्यसपछि अरु पटक पनि परीक्षण गर्ने कार्य भयो ।", यो हो सामान जुटाउन र अभियान सन्चालन गर्न सहयोग पुर्याउँदै आएका तथा यन्त्र परीक्षणका पहिलो प्रत्यक्षदर्शी नवराज घिमिरेको भनाइ ।

मेशिन निमार्णको सैद्धान्तिक आधार:

कुनै तरल पदार्थमा कुनै बस्तु राख्दा सो बस्तुले अनुभव गरेको ऊर्ध्वचापको मात्रा सो बस्तुले विस्थापन गरेको तरल पदार्थको मात्राभन्दा जतिसक्दो कम भएको अवस्थालाई कायम राखेर उर्जा उत्पादन गर्दा निश्चित परिमाणको तरल पदार्थबाट बढी र बस्तुले अनुभव गरेको ऊर्ध्वचापको मात्रा सो बस्तुले विस्थापन गरेको तरल पदार्थको मात्राभन्दा बढी भएको अवस्थालाई कायम राखेर उर्जा उत्पादन गर्दा सोही परिमाणको तरल पदार्थबाट कम ऊर्जा उत्पादन गर्न सकिन्छ । (From: POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134)

कार्यक्रमबारे थप विवरण ...

कार्यक्रम मिति: असार ३०, २०६९, जुलाई १४ २०१२

कार्यक्रम स्थल: काठमाडौँ मोडेल कलेज, (KMC), बागबजार, काठमाडौँ, नेपाल ।

उपस्थिति: ५०-६०

स्वागत मन्तव्य: विष्णु ज्ञवाली (लिम्घा)

मेशिन परीक्षण प्रदर्शन: भबिन्द्र कुँवर

कार्यक्रम सन्चालन: नवीन भावुक (सदस्य सचिव: "भौतिक शास्त्र पुनर्निर्माण अभियान")

शुभकामना मन्तव्य: गोविन्द नेपाली, बालविक्रम खत्री, विष्णु ज्ञवाली (थुर्घा), नारायण अधिकारी, एकारत्न आचार्य, ध्रुब भट्टराई

आयोजक: "भौतिक शास्त्र पुनर्निर्माण अभियान" तथा "काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि."

सभापति: भबिन्द्र कुँवर (संयोजक-"भौतिक शास्त्र पुनर्निर्माण अभियान", तथा प्रबन्ध सन्चालक: "काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि.")

सौजन्य: काठमाडौँ मोडेल कलेज, हेराल्ड इन्टरनेसनल कलेज, युनाइटेड स्कलर्स् एकेडेमी र नवधवलागिरि बचत तथा ऋण सहकारी संस्था लि.


Theme in English:

Bhabindra Kunwar has invented a machine named "UBM-1". This machine had demonstrated in the "Kathmandu Model college", Bagbazar, Kathmandu, Nepal in July 14 2012. There were more than 50-60 people in the program. The program had organized by "Physics Reformation Campaign" and "Kathmandu Research and Publication Pvt. Ltd. and supported by "Kathmandu Model College", "Herald International College", "United Scolars Academy" and "Nawadhawalaagiri Saving and Credit Co. Ltd.". The machina has also proved that the the "Archimedes Principle" is wrong. It has also showed that the water energy can be produced by this new system (Upthrust Based System) is highly greater than the energy produced by the turbine based (or water follow, or pressure-hdg) system. This system will also decrease the energy crisis. We hope, physicists will also pay attention to such eneryg produced system.

About the program:
1. Place of the program: Kathmandu Model College, Bagbazar, Kathmandu, Nepal.

2. Date: July 14, 2012, Asar 30 2069, Saturday.

3. Time: 1:00 pm

4. Demonstrator: Bhabindra Kunwar (https://www.facebook.com/bhabindr.kunwar)

5. Announcer: Navin Bhabuk (https://www.facebook.com/profile.php?id=100003667561992&ref=ts)

6.Some related websites and pages: 



7. Organized by:
Physics Reformation Campaign
Kathmandu Research and Publication Pvt. Ltd.


8. Supported by:
Kathmandu Model College, Kathmandu, Nepal
Herald Int'l College, Kathmandu, Nepal
United Scalars Academy, Kathmandu, Nepal
Nawadhawalagiri Saving and Credit Cooperative Ltd., Kathmandu, Nepal



https://www.facebook.com/prcbk/www.krp.com.np etc.

Wednesday, July 11, 2012

Interesting and Useful Invention by Bhabindra Kunwar: beginner of Physics Reformation Campaign,


Notice ! Notice ! Notice ! about interesting invention

Program: (6th talk program of monthly physics talk program converted into) demonstration program of the system and related machine invented by Bhabindra Kunwar.

Basic law of machine: When a body is immersed partially or completely in a fluid and if Upthrust experienced by the body is greater than the weight of the liquid displaced by the body then the energy can be produced more. But if Upthrust experienced by the body is less than the weight of the liquid displaced by the body then the energy will be less in the same amount of liquid.

Chief Guest: Prof. Dr. Loknarayan Jha, Head, Tribhuvan University, Central Department of Physics, Kirtipur, Kathmandu.

Date: 14, July 2012/ 2069 Asar 30

Place: Kathmandu Model College, Bagbazar, Kathmandu.

Time: 1:00

Organized by:
"Physics Reformation Campaign" (https://www.facebook.com/prcbk)

"Kathmandu Research and Publication Pvt. Ltd." (www.krp.com.np)

Supported by:
Kathmandu Model College, Bagbazar, Kathmandu,
Herald International College, Chakrapath, Kathmandu,
United Scholars Academy, Kalanki, Kathmandu,
Nawadhawalagiri, Saving and Credit Cooperative, Shamakhushi,
Kathmandu.

सूचना !!! सूचना !!! सूचना !!!

भौतिक शास्त्रसँग सम्बन्धित विश्वव्यापी अभियान 'भौतिक शास्त्र पुनर्निर्माण अभियान' (Physics Reformation Campaign) अन्तर्गत सन्चालित विभिन्न गतिविधिहरूमध्येको एउटा गतिविधिका रूपमा हरेक महिनाको अन्तिम शनिबार नियमित रूपले सन्चालन गरिने 'मासिक भौतिक शास्त्र प्रवचन कार्यक्रम' (Monthly Physics Talk Program) को छैठौँ शृङ्खला" भविन्द्र कुँवर"द्वारा आविष्कृत उर्जा उत्पादनको नयाँ प्रक्रियासम्बन्धी मेशिनको परीक्षण प्रदर्शन गर्ने कार्यक्रमका रूपमा निम्न मिति, स्थान र समयमा त्रिभुवन विश्व विद्यालय, भौतिक शास्त्र केन्द्रीय विभाग, कीर्तिपुरका प्रमुख प्रा. डा. लोकनारायण झाको प्रमुख आतिथ्यमा तपसिलवमोजिम आयोजना हुने हुँदा जानकारी एवम् उपस्थितिका लागि निमन्त्रणा गरिन्छ ।

मिति: २०६९ असार ३० गते शनिबार ।

स्थान: काठमाडौँ मोडेल कलेज, वागबजार, काठमाडौँ, नेपाल,

समय: दिनको १:०० बजे ।

कार्यालय सम्पर्क: ०१४३८३४७८, ०१४३८९३२९

थप जानकारीका लागि:
http://www.krp.com.np/
https://www.facebook.com/prcbk
http://aboutphysicsreformationcampaign.blogspot.com/
http://www.facebook.com/groups/bhabindra.kunwar/ etc.

सूचना प्रकाशन मिति: २०६९ असार २७ गते शनिवार तदनुरूप 2012 July 11

मेशिनको आधारभुत सिद्धान्त: कुनै बस्तुले तरल पदार्थमा अनुभव गर्ने ऊर्ध्वचापको मात्रा सो बस्तुले बिस्थापन गर्ने तरल पदार्थको तौलका तुलनामा बढी भएका खन्डमा बढी र कम भएका खन्डमा कम ऊर्जा उत्पादन हुन्छ ("सामर्थ्यको सिद्धान्त"बाट) ।

आयोजक:
'भौतिक शास्त्र पुनर्निर्माण अभियान'
(https://www.facebook.com/groups/bhabindra.kunwar/, https://www.facebook.com/prcbk etc.)

काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स प्रा लि
www.krp.com.np

कार्यक्रम सौजन्य
Kathmandu Model College, Bagbazar, Kathmandu,
Herald International College, Chakrapath, Kathmandu,
United Scholars Academy, Kalanki, Kathmandu,
Nawadhawalagiri, Saving and Credit Cooperative, Shamakhushi, Kathmandu.


Monday, June 11, 2012

About Refutation of Archimedes Principle

Talk program in:
1. Mount Everest Boarding School, Myagdi 
2. Dhaulagiri Multiple Campus, Baglung 
3. Siddhartha Siksha Sadan, Ramrekha, Baglung 
4. Vidyamandir Higher Secondary School, Baglung 
5. Rudrepipal Secondary School, Baglung

Date: June 6, 9, 11
Topics: "How 'Bhabindra Kunwar' disproved/refuted Archimedes Principle?"
Speaker: Nawraj Ghimire

भौतिक शास्त्रमा भएका केही त्रुटिहरूको खन्डन र समाधान गरी विश्वभरि पठनपाठन गरिँदै आएका त्रुटिपूर्ण सिद्धान्त र मान्यताहरू सच्याउनका लागि "भविन्द्र कुँवर"द्वारा आरम्भ गरिएको विश्वव्यापी अभियान "भौतिक शास्त्र पुनर्निर्माण अभियान"ले राजधानीका अतिरिक्त मोफसलमा पनि विभिन्न कार्यक्रमहरू सन्चालन गर्न थालेको छ ।यस क्रममा मिति २०६९ जेठ २४ गते म्याग्दी जिल्लाको माउन्ट एभरेष्ट बोर्डिङ स्कुलमा विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरूका बीच, २०६९ जेठ २७ गते धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा विभिन्न शिक्षकहरूका बीच तथा २०६९ जेठ २९ गते सिद्धार्थ शिक्षा सदन, रामरेखामा उक्त स्कुलका शिक्षक तथा विद्यार्थीबीच, विद्यामन्दिर उच्च माध्यमिक विद्यालय, बागलुङमा शिक्षक तथा विद्यार्थीबीच र रुद्रेपीपल माद्यामिक विद्यालयमा शिक्षक तथा विद्यार्थीबीच सम्बन्धित परीक्षण तथा प्रवचन प्रस्तुत गरिसकिएको छ ।

विभिन्न समूहहरूको निर्माण गर्ने 

(जस्तो: https://www.facebook.com/groups/bhabindra.kunwar/), facebook, google, twitter आदिका पेज(https://www.facebook.com/prcbk/), वेव साइट(www.krp.com.np), ब्लग (aboutphysicsreformationcampaign.blogspot.com) र खाताहरूमार्फत् विषयवस्तुहरूबारे जानकारी गराउने, पर्चा वितरण तथा विज्ञापन गर्ने, मासिक प्रवचन गोष्ठी सन्चालन गर्ने, सम्बन्धित पुस्तकहरूको प्रकाशन गर्ने, कलेज, विश्वविद्यालय र संस्थाहरूमा आवश्यक्ता र मागवमोजिम प्रवचन तथा प्ररीक्षण प्रदर्शन गर्ने आदि कार्य गर्दै आएको यस अभियानले विभिन्न शीर्षकमा कार्यक्रमहरू सन्चालन गर्दै आएको छ । यस पटकका कार्यक्रमहरू "भविन्द्र कुँवरबाट आर्किमिडिजको सिद्धान्त कसरी खन्डन भयो?" नामक शीर्षकमा केन्द्रित रही सन्चालन गरिएको छ । प्राय: सम्बन्धित स्कुलहरूले आयोजना गरेका ती कार्यक्रमहरूमा नवराज घिमिरे वक्ता रहेका छन् भने कमल बानियाँ, अरुण घिमिरे आदिले कार्यक्रम सन्चालन गरेका छन् । सबै कार्यक्रमहरू रोचक, उपलब्धिमूलक र सन्देशमूलक रहेको कुरा वक्ता तथा सन्चालकहरूले बताएका छन् । उपस्थित शिक्षक तथा विषय विशेषज्ञहरूले पनि कार्यक्रम अवलोकन गरिसकेपछि आर्किमिडिजको सिद्धान्त स्पष्टत: त्रुटिपूर्ण नै भएको महसुस गर्दै अभियानप्रति सद्भाव र सदाशयता व्यक्त गर्ने गरेका छन् । सम्बन्धित विषय विशेषज्ञ, शिक्षक, शुभचिन्तक र बुद्धिजीवीहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सहयोगको प्रतिवद्धताबाट अभियान सन्चालनका लागि थप प्रेरणा र हौसला मिलेको छ । हामी सम्पूर्ण शुभचिन्तक तथा सहयोगी महानुभावहरूमा हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै धन्यवाद दिन चाहन्छौँ ।

- भौतिक शास्त्र पुनर्निर्माण अभियान
- Physics Reformation Campaign

Monday, June 4, 2012

In Myagdi: About How Bhabindra Kunwar Disproved or Refuted the Archimedes Principle?

RELATED TALK PROGRAM IN MYAGDI, DHAULAGIRI, NEPAL

Request to attend to interested physicists, teachers, students, independent readers, researchers and lovers of science ...

A related program organized by 'Physics Reformation Campaign' is going to be about the topics "How Bhabindra Kunwar refuted the Archimedes Principle".

1. Place of the talk program: Mount Everest Boarding School, Beni, Myagdi, Nepal.

2. Date: June 6, 2012, Jeth, 24, 2069, Wednesday.

3. Time: 1:30 pm

4. Speaker: Nawraj Ghimire (https://www.facebook.com/redblood.ghimire?ref=ts)

5. Topics of the talk program:
"How Bhabindra Kunwar refuted the Archimedes Principle"

6.Some related websites and pages: https://www.facebook.com/prcbk etc.

7. Based on the books: ("POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134, "REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), pages: 718, "HOW IS THE ARCHIMEDES PRINCIPLE WRONG?": ISBN: 9789937-2-3929-5, pages: 72 etc.)

8. Managed and supported by:

Kathmandu Research and Publication, Gongabu, Kathmandu,
website: www.krp.com.np, po box: 6764, Phone: 97714383478, 97714389329

How Bhabindra Kunwar Disproved / Refuted the Archimedes Principle?

AFTER some DAYS ...
...+++---___...
INTERESTING TALK PROGRAM IN BAGLUNG DISTRICT, DHAULAGIRI, NEPAL

Request to attend to interested physicists, teachers, students, independent readers, researchers and lovers of science ...

A related program organized by 'Physics Reformation Campaign' is going to be about the topics "How Bhabindra Kunwar refuted the Archimedes Principle".

1. Place of the talk program: Dhaulagiri Multiple Campus, Baglung, Nepal.

2. Date: June 9, 2012 //Jeth, 27, 2069, Last Saturday.

3. Time: 1:00 pm

4. Speaker: Nawraj Ghimire (https://www.facebook.com/redblood.ghimire?ref=ts)

5. Topics of the talk program:
(What is Archimedes Principle &)
"How Bhabindra Kunwar refuted the Archimedes Principle"

6.Some related websites and pages:

https://www.facebook.com/prcbk
http://aboutphysicsreformationcampaign.blogspot.com/ etc.

7. Based on the books: ("POWER-PRINCIPLE": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 and 978-9937-2-2367-6, Gov. Regd. No. 572/067/68 (Nepal), pages: 134, "REFUTATION AND SOLUTION OF SOME MISTAKES IN PHYSICAL SCIENCE": Copyright©: Bhabindra Kunwar, 2011, ISBN: 978-9937-2-3096-4 Gov. Regd. No. 598/067/68 (Nepal), pages: 718, "HOW IS THE ARCHIMEDES PRINCIPLE WRONG?": ISBN: 9789937-2-3929-5, pages: 72 etc.)

8. Managed and supported by:

Kathmandu Research and Publication, Gongabu, Kathmandu,
website: www.krp.com.np, po box: 6764, Phone: 97714383478, 97714389329

Monday, April 9, 2012

Newton's Second Law of motion is completely wrong.

‎*** 
***Good news for all researchers and lovers of science 

The third talk program of 'Monthly Physics Talk Program' had been organized in Tribhuvan University, Nepal, by 'Physics Reformation Campaign' as given below:

1. Place of the talk program: Tribhuvan University, New Building, Kirtipur, Kathmandu, Nepal (Near Devkota Statue)

2. Date: April 7, 2012

3. Time: from 1:00 pm upto 5:00 pm

4. Speaker: Bhabindra Kunwar

5. Announcer: Navin Bhavuk

6. Topics:
a. Analysis of Physical History Before Newton (Ist part)
b. Explanation and Refutation of Newton's Second Law of Motion (IInd part)

7. Contact: 014383478, 014389329

8. Some books related with the talk program:

a. "Refutation and Solution of Some Mistakes in Physical Science", ©: Bhabindra Kunwar,2011, Gov. Regd. No. 598/067/68, ISBN: 978-9937-2-3096-4, (Ist ed) Published by: Kathmandu Research and Publication Pvt. Ltd. Kathmandu, Nepal, Pages: 718.

b. "Power Principle": Copyright©: Bhabindra Kunwar, 2010, ISBN: 978-9937-2-1187-1 (1st ed.) and 978-9937-2-2367-6 (2nd ed.), Gov. Regd. No. 572/067/68 (Nepal), Printed in: Three Star Printing Press, Kathmandu, Nepal, page: 134.

c. "How is the Newton's Second Law of Motion wrong?": Copyright©: Bhabindra Kunwar, ISBN: 978-9937-8556-0-0 (1st ed.), Published by: Kathmandu Research and Publication Pvt. Ltd. Kathmandu, Nepal, Pages: 120 etc.

9. Participants: more than 3 dozen

10. Organized by:
Physics Reformation campaign (https://www.facebook.com/groups/bhabindra.kunwar/,https://www.facebook.com/prcbk etc.)

11. In this talk program:
A famous artist Ganesh Kumar had also given a gift (an art or a picture of the speaker Bhabindra Kunwar) to Bhabindra Kunwar.

12. Managed and supported by:

Kathmandu Research and Publication, Gongabu, Kathmandu,
website: www.krp.com.np, po box: 6764