--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 16-17 बाट, पोष्ट क्रम 12
ब्रह्माण्ड वा गोचर स्वरुपको आधार पानी हो भन्ने धारणा बेबिलोनियनहरुले राख्दै आएको र आयोनियनहरुमा पनि सोको प्रभाव रहेको देखिन्छ। फलतः थल्स(६२५–५४६ ई.पू.)ले पनि सोही कुरामा समर्थन जनाएको मानिन्छ। उनलाई त्यतिबेला ग्रहणको भविष्यवाणि गर्न सक

्नेसमेत ठानिएको मानिन्छ। ज्यामितिका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय भएको मानिन्छ। एनाक्सिमेन्डर(६११–५४७ ई.पू.)ले कुनै एउटा विषय जसमा सबै पदार्थहरु आधारित हुन्छन् भनेको पाइन्छ। उनको यस कार्यलाई स्पष्ट रुपमा अद्वैतवादको अभिव्यक्तिका रुपमा लिन सकिन्छ। यसका साथै उनले अग्रजहरुले जसरी सूर्यको वार्षिक पथ पहिल्याउन सकेको मानिन्छ। पाइथागोरस(५८२/७०–५०० ई.पू.)ले एकातिर ज्यामितिका क्षेत्रमा विशेष योगदान दिएको देखिन्छ भने पृथ्वी आदि ग्रहहरु कुनै आगोलाई परिक्रमा गर्दछन् भन्ने अवधारणा पनि उनका चेलाहरु वा अनुयायीहरुमा रहेको मानिन्छ। एनाक्सीमेनस(५७०–५०० ई.पू.)ले हावालाई सबै वस्तुको आधार मानेको पाइन्छ। उनले हावा चिसिएको खण्डमा पृथ्वी, पानी आदि वस्तुहरु बन्ने र तातेको खण्डमा हावा र आगो बन्ने धारणा राखेको पाइन्छ। पदार्थहरु चिसाउने र तताउने प्रक्रियाबाट क्रमशः अदृश्यबाट दृश्य र दृश्यबाट अदृश्यमा परिणत हुने धारणा उनको रहेको देखिन्छ। थल्सदेखि एनाक्सिमेनसको समयसम्म आइपुग्दा मूलतः बेबिलोनियनहरुका धारणाहरुको प्रभावका साथै बौद्धायनको ज्यामितीय प्रभाव पनि देखिन्छ।
जेनोफेनस परमेनिडिजका गुरु मानिन्छन्। उनका धारणाहरुको प्रभावबाट परमेनिडिजले आफ्ना धारणाहरु बनाएको भन्ने पाइन्छ। त्यसैले उनको योगदान पनि उल्लेखनीय रहेको मानिन्छ। परमेनिडिज(५१४– ? ई.पू.)ले दीर्घकालीन प्रभाव पार्न सक्ने दार्शनिक अवधारणाको विकास गरेको देखिन्छ। उनले सत्यता कारणमा हुने र ज्ञानेन्द्रियहरुले जान्न नसक्ने बताएको पाइन्छ। उनले नहुनुबाट हुनु हुन सक्दैन र हुनुबाट नहुनु पनि हुन सक्दैन भन्ने गहन दार्शनिक विचार प्रस्तुत गरेको देखिन्छ। उनको धारणासँगै मिल्ने गरी आज पनि पिण्ड संरक्षणको सिद्धान्त तथा शक्ति संरक्षणको सिद्धान्तहरुको विकास भएको देखिन्छ। यसप्रकारको उनको धारणामा ‘हुनु’ र ‘नहुनु’ दुई पक्षहरु आएकाले द्वैतवाद वा द्वन्द्वात्मकताको सामान्य लक्षण प्रस्तुत भएको मानिन्छ (तर शरीर र आत्मा वा जीव र ईश्वरलाई दुई मूल पक्ष मान्ने द्वैतवाद भने यो होइन)। उनका कार्यहरुबाट उनीपछिका एनाक्सागोरस, जिनो, डिमोक्रिटस, इम्पेडोकल्स, एपिक्युरस आदिका विचारहरुमा मलजल भएको मानिन्छ। हामीले देख्ने, भोग्ने र प्रत्यक्ष रुपमा बोध गर्ने वस्तु वा विषयहरु वास्तविक होइनन् र ज्ञानचक्षुले बोध गर्ने वा जान्ने कुरा सत्य होइनन् कारणमा मात्र सत्यता पाउन सकिन्छ भन्ने उनको धारणा रहेको देखिन्छ।
एनाक्सगोरस(५००–४२८ ई.पू) निरीश्वरवादी दार्शनिकका रुपमा देखिएको पाइन्छ। उनले असङ्ख्य कणहरु नै वास्तविक रुपले पदार्थका रुपमा रहन्छन् भन्ने धारणा राखेको देखिन्छ। कणहरुमा र पदार्थमा विश्वास गर्ने भएकाले नै उनले सूर्यलाई तातो ढुङ्गो र चन्द्रमालाई पृथ्वीबाट बनेको वस्तुका रुपमा चित्रण गरेको र ईश्वरविरोधी भएका कारण वर्षौँसम्म बन्दी बनाइएको भन्ने उल्लेख भएको पाइन्छ। अँध्यारा दार्शनिक मानिने हेराक्लिटस(?)ले आगोलाई प्रमुख मानी आगो चिसिँदा र तातिँदा गोचर रुपका पदार्थहरु निर्माण हुने मानेको पाइन्छ। पिण्ड वा पदार्थको संरचनाका सन्दर्भमा हेराक्लिटसको पनि विशेष योगदान रहेको देखिन्छ। सूर्यबाट फुटेपछि चिसिएर पृथ्वी आदि ग्रहहरुको निर्माण भएको भन्ने मान्यतासँग मिल्दोजुल्दोजस्तो देखिने धारणा हेराक्लिटसले त्यतिबेला राखेको मान्न सकिने देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gma il.com, Copyright: 598/068
जेनोफेनस परमेनिडिजका गुरु मानिन्छन्। उनका धारणाहरुको प्रभावबाट परमेनिडिजले आफ्ना धारणाहरु बनाएको भन्ने पाइन्छ। त्यसैले उनको योगदान पनि उल्लेखनीय रहेको मानिन्छ। परमेनिडिज(५१४– ? ई.पू.)ले दीर्घकालीन प्रभाव पार्न सक्ने दार्शनिक अवधारणाको विकास गरेको देखिन्छ। उनले सत्यता कारणमा हुने र ज्ञानेन्द्रियहरुले जान्न नसक्ने बताएको पाइन्छ। उनले नहुनुबाट हुनु हुन सक्दैन र हुनुबाट नहुनु पनि हुन सक्दैन भन्ने गहन दार्शनिक विचार प्रस्तुत गरेको देखिन्छ। उनको धारणासँगै मिल्ने गरी आज पनि पिण्ड संरक्षणको सिद्धान्त तथा शक्ति संरक्षणको सिद्धान्तहरुको विकास भएको देखिन्छ। यसप्रकारको उनको धारणामा ‘हुनु’ र ‘नहुनु’ दुई पक्षहरु आएकाले द्वैतवाद वा द्वन्द्वात्मकताको सामान्य लक्षण प्रस्तुत भएको मानिन्छ (तर शरीर र आत्मा वा जीव र ईश्वरलाई दुई मूल पक्ष मान्ने द्वैतवाद भने यो होइन)। उनका कार्यहरुबाट उनीपछिका एनाक्सागोरस, जिनो, डिमोक्रिटस, इम्पेडोकल्स, एपिक्युरस आदिका विचारहरुमा मलजल भएको मानिन्छ। हामीले देख्ने, भोग्ने र प्रत्यक्ष रुपमा बोध गर्ने वस्तु वा विषयहरु वास्तविक होइनन् र ज्ञानचक्षुले बोध गर्ने वा जान्ने कुरा सत्य होइनन् कारणमा मात्र सत्यता पाउन सकिन्छ भन्ने उनको धारणा रहेको देखिन्छ।
एनाक्सगोरस(५००–४२८ ई.पू) निरीश्वरवादी दार्शनिकका रुपमा देखिएको पाइन्छ। उनले असङ्ख्य कणहरु नै वास्तविक रुपले पदार्थका रुपमा रहन्छन् भन्ने धारणा राखेको देखिन्छ। कणहरुमा र पदार्थमा विश्वास गर्ने भएकाले नै उनले सूर्यलाई तातो ढुङ्गो र चन्द्रमालाई पृथ्वीबाट बनेको वस्तुका रुपमा चित्रण गरेको र ईश्वरविरोधी भएका कारण वर्षौँसम्म बन्दी बनाइएको भन्ने उल्लेख भएको पाइन्छ। अँध्यारा दार्शनिक मानिने हेराक्लिटस(?)ले आगोलाई प्रमुख मानी आगो चिसिँदा र तातिँदा गोचर रुपका पदार्थहरु निर्माण हुने मानेको पाइन्छ। पिण्ड वा पदार्थको संरचनाका सन्दर्भमा हेराक्लिटसको पनि विशेष योगदान रहेको देखिन्छ। सूर्यबाट फुटेपछि चिसिएर पृथ्वी आदि ग्रहहरुको निर्माण भएको भन्ने मान्यतासँग मिल्दोजुल्दोजस्तो देखिने धारणा हेराक्लिटसले त्यतिबेला राखेको मान्न सकिने देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gma
No comments:
Post a Comment