--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 13-14 बाट, पोष्ट क्रम 10
अव्यक्त युग
विज्ञानमा पहिले समस्या आउने र पछि त्यसको समाधानको उपाय खोज्ने कार्य भएका उदाहरणहरु प्रशस्त मात्रामा पाउन सकिन्छ। ढुङ्गाको हतियार बनाउने मानिसहरुलाई हतियार कसरी प्रभावकारी बन्छ भन्ने कुरा वा सम्बन्धित व्यवहार थाह थियो।

उनीहरुलाई लक्ष्यमा आइ लाग्ने अबरोधको मात्रा कम गराएमा जनावरको शिकार सजिलोसँग गर्न सकिन्छ भन्ने सैद्धान्तिक ज्ञान नभए पनि व्यवहारिक ज्ञान र अनुभव थियो भन्न सकिने देखिन्छ। चापको नियम वा सिद्धान्त थाह नभए पनि पशु बाँध्ने किलाहरु र शिकार हान्ने भालाहरु तिखो पार्ने कार्य उनीहरुले गर्दथे। उनीहरुले दौडिरहेका बेला शिकारलाई भाला प्रहार गर्दा शिकारलाई बढी जोडले भाला रोपिने वा टाढासम्म भाला पुग्ने हुन्थ्यो। यतिबेला शिकारीले थाह नपाएरै पनि शास्त्रीय वा न्युटनी भनिने सापेक्षताको सिद्धान्तले दिने ज्ञानको प्रयोग गरिएको हुन्थ्यो। धनुमा चढाउने वाणहरुको पछिपट्टि प्वाँख वा कुनै हलुका चीज राख्नुले इनर्सियल सङ्घर्षको एकता बनाई समग्र लगानी बलको प्रभावलाई एकत्र गर्दछ तर यी कुराहरु पनि कुनै सैद्धान्तिक ज्ञानविना नै उनीहरुले प्रयोग गरेका हुन्थे। आजसम्मका आधुनिक घरहरु बन्दासम्म हाम्रा पूर्खाहरुले कति घरहरु भत्काए होलान् र कति घरहरु तुल्याए होलान् भन्ने कुराको लेखाजोखा राख्न सकिँदैन। समयसमयमा देखिएका समस्याहरुको समाधान खोज्ने क्रममा मानिसहरुले अपनाएका विधिहरु वा उपायहरु नै आजको पुस्ताका लागि उपयोगी बन्न पुगेका छन्।
कालक्रमिक ज्ञानलाई वेवास्ता गरेर नयाँ उत्परिवर्तन गर्ने भन्ने कुराको सम्भावना कम नै हुन्छ। पहिलेका व्यक्तिहरुले गरेका कार्यहरु वर्तमान परिवेशका सापेक्षतामा विश्लेषण गर्दा सान्दर्भिक र सही नठहरिए पनि हामीले पुराना घर र सम्बन्धित आधारभूत सोँचहरु सम्पूर्ण रुपमा भत्काएर मात्र नयाँ र विकसित घरहरु बनाउन सकिन्छ भन्ने सोच्ने हो भने त्यो असम्भव प्रायः नै हुन्छ। हामीले पुराना घर भत्काए पनि पहिलेका ज्ञान र अनुभवहरुको आधारमा नै नयाँपन वा बलियोपन दिन सकेका हुन्छौँ। सबै (प्राप्त ज्ञानका शृङ्खलाहरुसमेत) भत्काउने हो भने पहिलेको अवस्थाको घर जत्तिको पनि बन्दैन। जसरी भवनहरुको निर्माण जगबाट भएको मानिन्छ त्यसरी घर बनाउने ज्ञानको विकासको प्रारुप पनि धेरै लामो अनुभव र परीक्षणात्मक नतिजाबाट निस्किएको मानिन्छ। त्यसैले अन्य क्षेत्रमा जस्तै भौतिक विज्ञानमा पनि अज्ञात व्यक्तिहरुको योगदान रहेको कुरामा दुई मत हुन सक्दैन। उनीहरु व्यक्तिगत रुपमा अज्ञात भए पनि उनीहरुका योगदानहरु आफैमा अविस्मरणीय छन्। उनीहरुले गरेको अनुभवहरुको समीक्षा र जाँच गरेर नै कतिपय वैज्ञानिक सिद्धान्तहरुको निर्माण भएको देखिन्छ भने कतिपय कुराहरु आकस्मिक तवरबाट पनि आएको देखिन्छ। अनुभव गरेर पनि अभिव्यक्त गर्न नसकेको युगलाई यहाँ आनुभविक वा अव्यक्त युग भनिएको हो। यस युगसँग सम्बन्धित स्वभावहरुको विश्लेषण गर्दा यस युगलाई विज्ञानको अलिखित र अव्यक्त युग पनि भन्न सकिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gma il.com, Copyright: 598/068
कालक्रमिक ज्ञानलाई वेवास्ता गरेर नयाँ उत्परिवर्तन गर्ने भन्ने कुराको सम्भावना कम नै हुन्छ। पहिलेका व्यक्तिहरुले गरेका कार्यहरु वर्तमान परिवेशका सापेक्षतामा विश्लेषण गर्दा सान्दर्भिक र सही नठहरिए पनि हामीले पुराना घर र सम्बन्धित आधारभूत सोँचहरु सम्पूर्ण रुपमा भत्काएर मात्र नयाँ र विकसित घरहरु बनाउन सकिन्छ भन्ने सोच्ने हो भने त्यो असम्भव प्रायः नै हुन्छ। हामीले पुराना घर भत्काए पनि पहिलेका ज्ञान र अनुभवहरुको आधारमा नै नयाँपन वा बलियोपन दिन सकेका हुन्छौँ। सबै (प्राप्त ज्ञानका शृङ्खलाहरुसमेत) भत्काउने हो भने पहिलेको अवस्थाको घर जत्तिको पनि बन्दैन। जसरी भवनहरुको निर्माण जगबाट भएको मानिन्छ त्यसरी घर बनाउने ज्ञानको विकासको प्रारुप पनि धेरै लामो अनुभव र परीक्षणात्मक नतिजाबाट निस्किएको मानिन्छ। त्यसैले अन्य क्षेत्रमा जस्तै भौतिक विज्ञानमा पनि अज्ञात व्यक्तिहरुको योगदान रहेको कुरामा दुई मत हुन सक्दैन। उनीहरु व्यक्तिगत रुपमा अज्ञात भए पनि उनीहरुका योगदानहरु आफैमा अविस्मरणीय छन्। उनीहरुले गरेको अनुभवहरुको समीक्षा र जाँच गरेर नै कतिपय वैज्ञानिक सिद्धान्तहरुको निर्माण भएको देखिन्छ भने कतिपय कुराहरु आकस्मिक तवरबाट पनि आएको देखिन्छ। अनुभव गरेर पनि अभिव्यक्त गर्न नसकेको युगलाई यहाँ आनुभविक वा अव्यक्त युग भनिएको हो। यस युगसँग सम्बन्धित स्वभावहरुको विश्लेषण गर्दा यस युगलाई विज्ञानको अलिखित र अव्यक्त युग पनि भन्न सकिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gma
No comments:
Post a Comment