Saturday, October 20, 2012

14th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar, Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 18 बाट, पोष्ट क्रम 14

चिनियाँ मोजी(४७०-३९१ ई.पू.)ले अरस्तुपूर्व नै आगोमा माथि जाने र पानीमा तल जाने स्वभाव प्रकृतिप्रदत्त स्वभाव भएको र उनले रुचि(वैयक्तिक भूमिका) र वास्तविकता(तथ्यÐप्रमाण)बीच भिन्नता हुने बताएको पाइन्छ। फिलोलस(४७०-३८५ ई.पू.)ले त्यस समयमा नै पृथ
्वी ब्रहमाण्डको केन्द्रमा नहुने बताएको पाइन्छ। सीमित र असीमित दुवै चीजबाट यो ब्रहमाण्डको संरचना तयार भएको र पछि ब्रहमाण्डलाई पछिमात्र सङ्ख्याका आधारमा बुझिएको धारणा उनको रहेको देखिन्छ। त्यसै गरी तलमाथि-वरपर जताततै आगो मात्र भएको धारणा उनको देखिन्छ। सोक्रेटस(४७०-३९९)का कुनै लिखित सामग्रीहरु प्राप्त नभए पनि उनका भनाइहरुका आधारमा उनका धारणाहरुलाई जान्न सकिन्छ। भौतिक वस्तु र भौतिक घटनाहरु वास्तविकताका छायाहरुमात्र हुन् भन्ने धारणा उनको रहेको देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Official Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068, www.aboutphysicsreformationcampaign.blogspot.com

No comments:

Post a Comment