Saturday, October 20, 2012

14th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar, Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 18 बाट, पोष्ट क्रम 14

चिनियाँ मोजी(४७०-३९१ ई.पू.)ले अरस्तुपूर्व नै आगोमा माथि जाने र पानीमा तल जाने स्वभाव प्रकृतिप्रदत्त स्वभाव भएको र उनले रुचि(वैयक्तिक भूमिका) र वास्तविकता(तथ्यÐप्रमाण)बीच भिन्नता हुने बताएको पाइन्छ। फिलोलस(४७०-३८५ ई.पू.)ले त्यस समयमा नै पृथ
्वी ब्रहमाण्डको केन्द्रमा नहुने बताएको पाइन्छ। सीमित र असीमित दुवै चीजबाट यो ब्रहमाण्डको संरचना तयार भएको र पछि ब्रहमाण्डलाई पछिमात्र सङ्ख्याका आधारमा बुझिएको धारणा उनको रहेको देखिन्छ। त्यसै गरी तलमाथि-वरपर जताततै आगो मात्र भएको धारणा उनको देखिन्छ। सोक्रेटस(४७०-३९९)का कुनै लिखित सामग्रीहरु प्राप्त नभए पनि उनका भनाइहरुका आधारमा उनका धारणाहरुलाई जान्न सकिन्छ। भौतिक वस्तु र भौतिक घटनाहरु वास्तविकताका छायाहरुमात्र हुन् भन्ने धारणा उनको रहेको देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Official Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068, www.aboutphysicsreformationcampaign.blogspot.com

13th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar, Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 17-18 बाट, पोष्ट क्रम 13

एलिअका जिनो(४९०/५-४३० ई.पू.) विरोधाभाषी तर्कका प्रमुख हस्ती मानिन्छन्। उनको यस कार्यबाट भौतिक विज्ञान तथा गणित लावान्वित भएको देखिन्छ भने यसका अतिरिक्त उनले दृश्य रुपमा देखिने विभिन्न रुपका विषय वा वस्तुहरु भए पनि तिनको वास्तविक स्वरुपम
ा समानता वा एकता हुन्छ भन्ने धारणा राखेको देखिन्छ, जुन परमेनिडिजको प्रभावको उपज र पक्षका रुपमा आएको देखिन्छ। कतिपय गणितज्ञहरु उनले दिएका समस्याहरुको समाधान आधुनिक गणितले गरेको मान्दछन्। पदार्थको आधारभूत विषयका रुपमा पृथ्वी, जल, आगो र वायुलाई प्रस्तुत गर्ने इम्पेडोकल्स(४९०-४३० ई.पू.)ले पदार्थको स्वरुप वा स्वभावको वास्तविकता प्रेम र घृणाको प्रवेशको चक्र भएको बताएको पाइन्छ। उनले ती चार तङ्खवहरु प्रेम(वा आकर्षण)को प्रवेशका कारण परस्परमा एकीकृत हुने र घृणा(वा विकर्षण)को प्रवेशका कारण विभिन्न रुपमा देखा पर्ने धारणा राखेको पाइन्छ। प्रोटागोरस(४८०-४११ ई.पू.)ले भने तर्क वा सत्यहरुमा आउने विविधता र विवादलाई आफ्नो बहसको विषय बनाएको देखिन्छ। कुनै पनि विषय पूर्णतः सही र पूर्णतः गलत नहुने धारणा उनले राखेको देखिन्छ। मानिस नै सबै विषय वा वस्तुको मापनको आधार हो भन्ने धारणा उनको रहेको उल्लेख छ। उनको यस धारणालाई बहुलताकेन्द्री विचारको पक्षमा रहेको धारणाका रुपमा लिन सकिन्छ। एनाक्सिमेन्डर र परमेनिडिजले क्रमशः अद्वैतवाद र द्वैतवादका पक्षमा केही धारणाहरु दिएको देखिन्छ भने प्रोटागोरसले बहुलवादको पक्षमा आफ्ना धारणाहरु दिएको देखिन्छ। यस समयसम्म आइपुग्दा ग्रीक परम्परामा अद्वैतवादी, द्वैतवादी र बहुलवादी दार्शनिक मान्यताहरुको आधार तयार भइसकेको देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Official Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068, www.facebook.com/prcbk

Friday, October 19, 2012

12th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 16-17 बाट, पोष्ट क्रम 12

ब्रह्माण्ड वा गोचर स्वरुपको आधार पानी हो भन्ने धारणा बेबिलोनियनहरुले राख्दै आएको र आयोनियनहरुमा पनि सोको प्रभाव रहेको देखिन्छ। फलतः थल्स(६२५–५४६ ई.पू.)ले पनि सोही कुरामा समर्थन जनाएको मानिन्छ। उनलाई त्यतिबेला ग्रहणको भविष्यवाणि गर्न सक
्नेसमेत ठानिएको मानिन्छ। ज्यामितिका क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय भएको मानिन्छ। एनाक्सिमेन्डर(६११–५४७ ई.पू.)ले कुनै एउटा विषय जसमा सबै पदार्थहरु आधारित हुन्छन् भनेको पाइन्छ। उनको यस कार्यलाई स्पष्ट रुपमा अद्वैतवादको अभिव्यक्तिका रुपमा लिन सकिन्छ। यसका साथै उनले अग्रजहरुले जसरी सूर्यको वार्षिक पथ पहिल्याउन सकेको मानिन्छ। पाइथागोरस(५८२/७०–५०० ई.पू.)ले एकातिर ज्यामितिका क्षेत्रमा विशेष योगदान दिएको देखिन्छ भने पृथ्वी आदि ग्रहहरु कुनै आगोलाई परिक्रमा गर्दछन् भन्ने अवधारणा पनि उनका चेलाहरु वा अनुयायीहरुमा रहेको मानिन्छ। एनाक्सीमेनस(५७०–५०० ई.पू.)ले हावालाई सबै वस्तुको आधार मानेको पाइन्छ। उनले हावा चिसिएको खण्डमा पृथ्वी, पानी आदि वस्तुहरु बन्ने र तातेको खण्डमा हावा र आगो बन्ने धारणा राखेको पाइन्छ। पदार्थहरु चिसाउने र तताउने प्रक्रियाबाट क्रमशः अदृश्यबाट दृश्य र दृश्यबाट अदृश्यमा परिणत हुने धारणा उनको रहेको देखिन्छ। थल्सदेखि एनाक्सिमेनसको समयसम्म आइपुग्दा मूलतः बेबिलोनियनहरुका धारणाहरुको प्रभावका साथै बौद्धायनको ज्यामितीय प्रभाव पनि देखिन्छ।

जेनोफेनस परमेनिडिजका गुरु मानिन्छन्। उनका धारणाहरुको प्रभावबाट परमेनिडिजले आफ्ना धारणाहरु बनाएको भन्ने पाइन्छ। त्यसैले उनको योगदान पनि उल्लेखनीय रहेको मानिन्छ। परमेनिडिज(५१४– ? ई.पू.)ले दीर्घकालीन प्रभाव पार्न सक्ने दार्शनिक अवधारणाको विकास गरेको देखिन्छ। उनले सत्यता कारणमा हुने र ज्ञानेन्द्रियहरुले जान्न नसक्ने बताएको पाइन्छ। उनले नहुनुबाट हुनु हुन सक्दैन र हुनुबाट नहुनु पनि हुन सक्दैन भन्ने गहन दार्शनिक विचार प्रस्तुत गरेको देखिन्छ। उनको धारणासँगै मिल्ने गरी आज पनि पिण्ड संरक्षणको सिद्धान्त तथा शक्ति संरक्षणको सिद्धान्तहरुको विकास भएको देखिन्छ। यसप्रकारको उनको धारणामा ‘हुनु’ र ‘नहुनु’ दुई पक्षहरु आएकाले द्वैतवाद वा द्वन्द्वात्मकताको सामान्य लक्षण प्रस्तुत भएको मानिन्छ (तर शरीर र आत्मा वा जीव र ईश्वरलाई दुई मूल पक्ष मान्ने द्वैतवाद भने यो होइन)। उनका कार्यहरुबाट उनीपछिका एनाक्सागोरस, जिनो, डिमोक्रिटस, इम्पेडोकल्स, एपिक्युरस आदिका विचारहरुमा मलजल भएको मानिन्छ। हामीले देख्ने, भोग्ने र प्रत्यक्ष रुपमा बोध गर्ने वस्तु वा विषयहरु वास्तविक होइनन् र ज्ञानचक्षुले बोध गर्ने वा जान्ने कुरा सत्य होइनन् कारणमा मात्र सत्यता पाउन सकिन्छ भन्ने उनको धारणा रहेको देखिन्छ।

एनाक्सगोरस(५००–४२८ ई.पू) निरीश्वरवादी दार्शनिकका रुपमा देखिएको पाइन्छ। उनले असङ्ख्य कणहरु नै वास्तविक रुपले पदार्थका रुपमा रहन्छन् भन्ने धारणा राखेको देखिन्छ। कणहरुमा र पदार्थमा विश्वास गर्ने भएकाले नै उनले सूर्यलाई तातो ढुङ्गो र चन्द्रमालाई पृथ्वीबाट बनेको वस्तुका रुपमा चित्रण गरेको र ईश्वरविरोधी भएका कारण वर्षौँसम्म बन्दी बनाइएको भन्ने उल्लेख भएको पाइन्छ। अँध्यारा दार्शनिक मानिने हेराक्लिटस(?)ले आगोलाई प्रमुख मानी आगो चिसिँदा र तातिँदा गोचर रुपका पदार्थहरु निर्माण हुने मानेको पाइन्छ। पिण्ड वा पदार्थको संरचनाका सन्दर्भमा हेराक्लिटसको पनि विशेष योगदान रहेको देखिन्छ। सूर्यबाट फुटेपछि चिसिएर पृथ्वी आदि ग्रहहरुको निर्माण भएको भन्ने मान्यतासँग मिल्दोजुल्दोजस्तो देखिने धारणा हेराक्लिटसले त्यतिबेला राखेको मान्न सकिने देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

11th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 14-16 बाट, पोष्ट क्रम 11

अभिव्यक्तिको युग
भौतिक शास्त्रको व्यवहारिक इतिहास मानव चेतना र आवश्यकतासँगै विकसित भएको देखिन्छ। यसरी क्रमिक रुपमा विकसित हुँदै जाँदा आðना अनुभव र देखाइभोगाइहरुलाई अभिव्यक्त गर्ने र विचारविमर्श गर्ने परम्पराको थालनी हुन थालेको देखिन्छ।
 अभिव्यक्तिका क्रममा कागजको निर्माणपूर्व ढुङ्गा, मूर्ति, धातु आदिको पनि प्रयोग गर्न थालिएको देखिन्छ। पाइथागोरसको भनेर चिनिने साध्यले दिने निष्कर्ष विशेष गरी हालको इराकको आसपास तथा दक्षीण सिरिया एवम् पूर्व टर्की वरिपरि पर्ने क्षेत्रमा विकसित भएको मानिन्छ र उबइद एवम् मेसोपोटामियाको सभ्यताका चरणहरुमा नै गणित, खगोलशास्त्र र भौतिक विज्ञानका आधारहरु पाउन सकिने बताइन्छ। दिनलाई २४ घण्टा, घण्टालाई ६० मिनेट र वृत्तलाई ३६० डिग्रीको कोणमा विभाजन गर्ने वर्तमान प्रचलनको श्रेय उनीहरुमा जाने मानिन्छ। (ससा. छुट) अझै पनि दिनलाई घडी, घडीलाई पला र एवम् रीतले कला, काष्ठा, निमेष, पल जस्ता एकाइहरु पनि ६० मा आधारित एकाइहरु हुन्। त्यतिबेला उनीहरुले वर्षलाई मूलतः दुई ऋतु (गृष्म र शिशिर) मा विभाजन गर्ने गरेको उल्लेख भएको पाइन्छ। सुमेरियन क्यालेन्डर हप्तामा ७ दिन हुने गरी तयार पारिएको उल्लेख छ। बेबिलोनियनहरुले कसरी विभिन्न आकार र वस्तुहरुका पाटाहरुको क्षेत्रफल मापन गर्ने भन्नेबारेमा विस्तृत अध्ययन गरेको उल्लेख छ। उनीहरुले व्यासलाई ३ ले गुणन गरेर वृत्तको परिधि निकाल्ने तथा उचाइ र आधारको गुणनफलबाट बेलनाको आयतन निकाल्ने गरेको पनि उल्लेख भएको पाइन्छ। गणितको आधार तयार पार्नेदेखि लिएर खगोल शास्त्र तथा भौतिक शास्त्रका आधार तयार पार्ने कार्य मेसोपोटामियन सभ्यता र त्यसपछिका सुमेरियन तथा बेबिलोनियन देखि नै भएको मानिन्छ।

कतिपय लोक तथा पौराणिक भनाइ, किस्सा एवम् कथाहरुमा आउने कल्पनाहरु पनि मानवीय समस्याका काल्पनिक समाधानका रुपमा आएको देख्न सकिन्छ। क्रमिक रुपमा विकसित भएको भौतिक विज्ञानको अव्यिक्तिमूलक, दार्शनिक र सैद्धान्तिक ग्रन्थाकार इतिहास भने सर्वप्राचीन ग्रन्थ मानिने पूर्वीय ग्रन्थ ऋग्वेददेखि आरम्भ र विकसित भएको देखिन्छ। पदार्थ, शक्ति, समय र यिनीहरुबीचका अन्तर्सम्बन्ध तथा ब्रहमाण्डका बारेमा उक्त वेदको दशाँै अध्यायको १२९ औँ सूक्त नासदीय सूक्तमा दार्शनिक व्याख्या गरिएको पाइन्छ। वर्तमानमा आइपुग्दा भने यस लामो कालखण्डका बीचमा भौतिक विज्ञानका क्षेत्रमा धेरै सिद्धान्तहरु प्रतिपादन भएको देख्न सकिन्छ। यसरी आनुभाविक तथा अभिव्यक्तिको युग अघि बढेको देखिन्छ।

नयाँ बेबिलोनियनहरुले वर्तमानमा पाइथागोरसको सिद्धान्त भनिने ज्यामितीय साध्यसँग जोडिएका कुराहरुको स्पष्ट सवालजवाफ गरेको भन्ने उल्लेख भएको पाइन्छ। त्यस्तै इशापूर्व ८०० को समयमा बौद्धायनले सो सिद्धान्त वा साध्यमा कार्य गरेको देखिन्छ। उनले पाइको मान वा ब्यासका आधारमा परिधि निकाल्नका लागि आवश्यक पर्ने गुणा»्कको मान समेत वर्तमान समयमा प्रचलित मानसँग मिल्ने गरी निकालेको मानिन्छ। गणितीय तथा दार्शनिक आधारहरु विकसित हुन थालेदेखि आजसम्म हेर्दा भौतिक विज्ञानको इतिहासले विभिन्न मोडहरु पार गरेको देखिन्छ। एकातिर ग्रीकहरुको अध्ययन एकपछि अर्को हुँदै चरणबद्ध रुपले विकसित र विश्लेषित हुँदै गएको देखिन्छ भने पूर्वमा पनि विभिन्न विद्वानहरुमा आस्तिक एवम् नास्तिक दर्शनहरु प्रस्तुत गर्ने होड चलेको देखिन्छ। प्रकृतिका स्वभाव र ब्रहमाण्डको उत्पत्तिको आधार खोज्ने कार्य पूर्व तथा पश्चिम दुवै तिर भएको देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

10tht post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 13-14 बाट, पोष्ट क्रम 10
अव्यक्त युग
विज्ञानमा पहिले समस्या आउने र पछि त्यसको समाधानको उपाय खोज्ने कार्य भएका उदाहरणहरु प्रशस्त मात्रामा पाउन सकिन्छ। ढुङ्गाको हतियार बनाउने मानिसहरुलाई हतियार कसरी प्रभावकारी बन्छ भन्ने कुरा वा सम्बन्धित व्यवहार थाह थियो। 
उनीहरुलाई लक्ष्यमा आइ लाग्ने अबरोधको मात्रा कम गराएमा जनावरको शिकार सजिलोसँग गर्न सकिन्छ भन्ने सैद्धान्तिक ज्ञान नभए पनि व्यवहारिक ज्ञान र अनुभव थियो भन्न सकिने देखिन्छ। चापको नियम वा सिद्धान्त थाह नभए पनि पशु बाँध्ने किलाहरु र शिकार हान्ने भालाहरु तिखो पार्ने कार्य उनीहरुले गर्दथे। उनीहरुले दौडिरहेका बेला शिकारलाई भाला प्रहार गर्दा शिकारलाई बढी जोडले भाला रोपिने वा टाढासम्म भाला पुग्ने हुन्थ्यो। यतिबेला शिकारीले थाह नपाएरै पनि शास्त्रीय वा न्युटनी भनिने सापेक्षताको सिद्धान्तले दिने ज्ञानको प्रयोग गरिएको हुन्थ्यो। धनुमा चढाउने वाणहरुको पछिपट्टि प्वाँख वा कुनै हलुका चीज राख्नुले इनर्सियल सङ्घर्षको एकता बनाई समग्र लगानी बलको प्रभावलाई एकत्र गर्दछ तर यी कुराहरु पनि कुनै सैद्धान्तिक ज्ञानविना नै उनीहरुले प्रयोग गरेका हुन्थे। आजसम्मका आधुनिक घरहरु बन्दासम्म हाम्रा पूर्खाहरुले कति घरहरु भत्काए होलान् र कति घरहरु तुल्याए होलान् भन्ने कुराको लेखाजोखा राख्न सकिँदैन। समयसमयमा देखिएका समस्याहरुको समाधान खोज्ने क्रममा मानिसहरुले अपनाएका विधिहरु वा उपायहरु नै आजको पुस्ताका लागि उपयोगी बन्न पुगेका छन्।
कालक्रमिक ज्ञानलाई वेवास्ता गरेर नयाँ उत्परिवर्तन गर्ने भन्ने कुराको सम्भावना कम नै हुन्छ। पहिलेका व्यक्तिहरुले गरेका कार्यहरु वर्तमान परिवेशका सापेक्षतामा विश्लेषण गर्दा सान्दर्भिक र सही नठहरिए पनि हामीले पुराना घर र सम्बन्धित आधारभूत सोँचहरु सम्पूर्ण रुपमा भत्काएर मात्र नयाँ र विकसित घरहरु बनाउन सकिन्छ भन्ने सोच्ने हो भने त्यो असम्भव प्रायः नै हुन्छ। हामीले पुराना घर भत्काए पनि पहिलेका ज्ञान र अनुभवहरुको आधारमा नै नयाँपन वा बलियोपन दिन सकेका हुन्छौँ। सबै (प्राप्त ज्ञानका शृङ्खलाहरुसमेत) भत्काउने हो भने पहिलेको अवस्थाको घर जत्तिको पनि बन्दैन। जसरी भवनहरुको निर्माण जगबाट भएको मानिन्छ त्यसरी घर बनाउने ज्ञानको विकासको प्रारुप पनि धेरै लामो अनुभव र परीक्षणात्मक नतिजाबाट निस्किएको मानिन्छ। त्यसैले अन्य क्षेत्रमा जस्तै भौतिक विज्ञानमा पनि अज्ञात व्यक्तिहरुको योगदान रहेको कुरामा दुई मत हुन सक्दैन। उनीहरु व्यक्तिगत रुपमा अज्ञात भए पनि उनीहरुका योगदानहरु आफैमा अविस्मरणीय छन्। उनीहरुले गरेको अनुभवहरुको समीक्षा र जाँच गरेर नै कतिपय वैज्ञानिक सिद्धान्तहरुको निर्माण भएको देखिन्छ भने कतिपय कुराहरु आकस्मिक तवरबाट पनि आएको देखिन्छ। अनुभव गरेर पनि अभिव्यक्त गर्न नसकेको युगलाई यहाँ आनुभविक वा अव्यक्त युग भनिएको हो। यस युगसँग सम्बन्धित स्वभावहरुको विश्लेषण गर्दा यस युगलाई विज्ञानको अलिखित र अव्यक्त युग पनि भन्न सकिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

9th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 12-13 बाट, पोष्ट क्रम 9

मूलतः शक्ति वा बलसँग सम्बन्धित दर्शनहरुलाई भौतिक विज्ञानको आधारका रुपमा प्रस्तुत हुँदै आएको पाइए पनि आजसम्मको भौतिक विज्ञानको परम्परा नियाल्दा अज्ञात मानिसहरुले दिएका व्यवहारिक समाधान र ज्ञात मानिसहरुले दिएका सैद्धान्तिक तथा व्यवहारिक योग
दानहरुबाट नै मानव समुदायका भौतिक समस्याहरु समाधान हुँदै आएको मानिएको पाउन सकिन्छ। कुनै समयमा समस्याको समाधानका लागि कुनै उपायको खोज गर्दा विभिन्न अनुभव लिने र ती अनुभवहरुबाट पनि सही ज्ञान हासिल गर्ने कार्य हुन्थ्यो भने पछिल्ला समयहरुमा अभिव्यक्ति र अन्तक्र्रियाका आधारमा समेत ज्ञानविज्ञानको विकास हुँदै गएको देखिन्छ। समग्रमा भौतिक विज्ञानको आजसम्मको विकासलाई हेर्ने हो भने कालक्रमिक, नियोजित वा आकस्मिक आदि विभिन्न शैलीबाट विकास भएको देखिन्छ। भौतिक विज्ञानका सिद्धान्तहरु कालक्रममा आएका कतिपय सिद्धान्तहरुको पुनः परीक्षणबाट पनि नयाँ रुपमा प्रतिपादन भएको पाउन सकिन्छ। यसलाई आधार मानेर हेर्दा विश्लेषण र आलोचनाबाट पनि नयाँ सिद्धान्तहरुको उद्भव हुन सक्ने कुरामा असहमति जनाउन नसकिने देखिन्छ। भौतिक विज्ञानको विकासलाई मूलतः दुई युगमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ, ती हुन्–
–अव्यक्त युग
–अभिव्यक्तिको युग ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

8th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 12 बाट, पोष्ट क्रम 8

भौतिक विज्ञानको परम्परामा आजसम्म बल वा शक्तिसँग सम्बन्धित कुराहरु नै बढी चासोका साथ उठाइएको देखिन्छ। मानिसले गर्ने श्रमको मात्रा बढी हुन सके मानव समुदाय समग्रमा लावान्वित हुने कुरा माक्र्स र एङ्गेल्सका दर्शनहरुमा पनि उल्लेख भएको पाइन्छ। शक
्ति वा बलसँग सम्बन्धित अध्ययनहरुले मानव समुदायको श्रमको बचत र विकल्प दिने आधारहरुको खोजी गर्ने कार्य गरेको देखिन्छ। भौतिक विज्ञानको इतिहासमा सबभन्दा ठूलो घटनाका रुपमा लिइने न्युटनको प्रकृतिको गणितीय सिद्धान्त मूलतः बलको व्याख्यामा केन्द्रित रहेको देखिन्छ। व्यवहारिक जीवनमा लगानी गर्न सकिने बल र गुरुत्त्व बलका बारेमा सो पुस्तकमा चर्चा गरिएको उल्लेख भएको पाइन्छ। पदार्थ र शक्तिसम्बन्धि अध्ययन नै भौतिक विज्ञानको मूल लक्ष्य भएको बताइए पनि शक्तिबारेका सिद्धान्त र अध्ययनहरुको प्रभाव निकै रहेको देखिन्छ। भौतिक विज्ञानमा प्रारम्भदेखि नै शक्ति वा बलसम्बन्धि प्राकृतिक स्वभावहरुको अनुभव र अध्ययन भएको देखिन्छ। तर यतिमात्र नभई पदार्थको पनि शक्तिसँग जोडेर सँगसँगै अध्ययन गरिएको देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068