Friday, October 19, 2012

11th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 14-16 बाट, पोष्ट क्रम 11

अभिव्यक्तिको युग
भौतिक शास्त्रको व्यवहारिक इतिहास मानव चेतना र आवश्यकतासँगै विकसित भएको देखिन्छ। यसरी क्रमिक रुपमा विकसित हुँदै जाँदा आðना अनुभव र देखाइभोगाइहरुलाई अभिव्यक्त गर्ने र विचारविमर्श गर्ने परम्पराको थालनी हुन थालेको देखिन्छ।
 अभिव्यक्तिका क्रममा कागजको निर्माणपूर्व ढुङ्गा, मूर्ति, धातु आदिको पनि प्रयोग गर्न थालिएको देखिन्छ। पाइथागोरसको भनेर चिनिने साध्यले दिने निष्कर्ष विशेष गरी हालको इराकको आसपास तथा दक्षीण सिरिया एवम् पूर्व टर्की वरिपरि पर्ने क्षेत्रमा विकसित भएको मानिन्छ र उबइद एवम् मेसोपोटामियाको सभ्यताका चरणहरुमा नै गणित, खगोलशास्त्र र भौतिक विज्ञानका आधारहरु पाउन सकिने बताइन्छ। दिनलाई २४ घण्टा, घण्टालाई ६० मिनेट र वृत्तलाई ३६० डिग्रीको कोणमा विभाजन गर्ने वर्तमान प्रचलनको श्रेय उनीहरुमा जाने मानिन्छ। (ससा. छुट) अझै पनि दिनलाई घडी, घडीलाई पला र एवम् रीतले कला, काष्ठा, निमेष, पल जस्ता एकाइहरु पनि ६० मा आधारित एकाइहरु हुन्। त्यतिबेला उनीहरुले वर्षलाई मूलतः दुई ऋतु (गृष्म र शिशिर) मा विभाजन गर्ने गरेको उल्लेख भएको पाइन्छ। सुमेरियन क्यालेन्डर हप्तामा ७ दिन हुने गरी तयार पारिएको उल्लेख छ। बेबिलोनियनहरुले कसरी विभिन्न आकार र वस्तुहरुका पाटाहरुको क्षेत्रफल मापन गर्ने भन्नेबारेमा विस्तृत अध्ययन गरेको उल्लेख छ। उनीहरुले व्यासलाई ३ ले गुणन गरेर वृत्तको परिधि निकाल्ने तथा उचाइ र आधारको गुणनफलबाट बेलनाको आयतन निकाल्ने गरेको पनि उल्लेख भएको पाइन्छ। गणितको आधार तयार पार्नेदेखि लिएर खगोल शास्त्र तथा भौतिक शास्त्रका आधार तयार पार्ने कार्य मेसोपोटामियन सभ्यता र त्यसपछिका सुमेरियन तथा बेबिलोनियन देखि नै भएको मानिन्छ।

कतिपय लोक तथा पौराणिक भनाइ, किस्सा एवम् कथाहरुमा आउने कल्पनाहरु पनि मानवीय समस्याका काल्पनिक समाधानका रुपमा आएको देख्न सकिन्छ। क्रमिक रुपमा विकसित भएको भौतिक विज्ञानको अव्यिक्तिमूलक, दार्शनिक र सैद्धान्तिक ग्रन्थाकार इतिहास भने सर्वप्राचीन ग्रन्थ मानिने पूर्वीय ग्रन्थ ऋग्वेददेखि आरम्भ र विकसित भएको देखिन्छ। पदार्थ, शक्ति, समय र यिनीहरुबीचका अन्तर्सम्बन्ध तथा ब्रहमाण्डका बारेमा उक्त वेदको दशाँै अध्यायको १२९ औँ सूक्त नासदीय सूक्तमा दार्शनिक व्याख्या गरिएको पाइन्छ। वर्तमानमा आइपुग्दा भने यस लामो कालखण्डका बीचमा भौतिक विज्ञानका क्षेत्रमा धेरै सिद्धान्तहरु प्रतिपादन भएको देख्न सकिन्छ। यसरी आनुभाविक तथा अभिव्यक्तिको युग अघि बढेको देखिन्छ।

नयाँ बेबिलोनियनहरुले वर्तमानमा पाइथागोरसको सिद्धान्त भनिने ज्यामितीय साध्यसँग जोडिएका कुराहरुको स्पष्ट सवालजवाफ गरेको भन्ने उल्लेख भएको पाइन्छ। त्यस्तै इशापूर्व ८०० को समयमा बौद्धायनले सो सिद्धान्त वा साध्यमा कार्य गरेको देखिन्छ। उनले पाइको मान वा ब्यासका आधारमा परिधि निकाल्नका लागि आवश्यक पर्ने गुणा»्कको मान समेत वर्तमान समयमा प्रचलित मानसँग मिल्ने गरी निकालेको मानिन्छ। गणितीय तथा दार्शनिक आधारहरु विकसित हुन थालेदेखि आजसम्म हेर्दा भौतिक विज्ञानको इतिहासले विभिन्न मोडहरु पार गरेको देखिन्छ। एकातिर ग्रीकहरुको अध्ययन एकपछि अर्को हुँदै चरणबद्ध रुपले विकसित र विश्लेषित हुँदै गएको देखिन्छ भने पूर्वमा पनि विभिन्न विद्वानहरुमा आस्तिक एवम् नास्तिक दर्शनहरु प्रस्तुत गर्ने होड चलेको देखिन्छ। प्रकृतिका स्वभाव र ब्रहमाण्डको उत्पत्तिको आधार खोज्ने कार्य पूर्व तथा पश्चिम दुवै तिर भएको देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment