Friday, October 19, 2012

9th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 12-13 बाट, पोष्ट क्रम 9

मूलतः शक्ति वा बलसँग सम्बन्धित दर्शनहरुलाई भौतिक विज्ञानको आधारका रुपमा प्रस्तुत हुँदै आएको पाइए पनि आजसम्मको भौतिक विज्ञानको परम्परा नियाल्दा अज्ञात मानिसहरुले दिएका व्यवहारिक समाधान र ज्ञात मानिसहरुले दिएका सैद्धान्तिक तथा व्यवहारिक योग
दानहरुबाट नै मानव समुदायका भौतिक समस्याहरु समाधान हुँदै आएको मानिएको पाउन सकिन्छ। कुनै समयमा समस्याको समाधानका लागि कुनै उपायको खोज गर्दा विभिन्न अनुभव लिने र ती अनुभवहरुबाट पनि सही ज्ञान हासिल गर्ने कार्य हुन्थ्यो भने पछिल्ला समयहरुमा अभिव्यक्ति र अन्तक्र्रियाका आधारमा समेत ज्ञानविज्ञानको विकास हुँदै गएको देखिन्छ। समग्रमा भौतिक विज्ञानको आजसम्मको विकासलाई हेर्ने हो भने कालक्रमिक, नियोजित वा आकस्मिक आदि विभिन्न शैलीबाट विकास भएको देखिन्छ। भौतिक विज्ञानका सिद्धान्तहरु कालक्रममा आएका कतिपय सिद्धान्तहरुको पुनः परीक्षणबाट पनि नयाँ रुपमा प्रतिपादन भएको पाउन सकिन्छ। यसलाई आधार मानेर हेर्दा विश्लेषण र आलोचनाबाट पनि नयाँ सिद्धान्तहरुको उद्भव हुन सक्ने कुरामा असहमति जनाउन नसकिने देखिन्छ। भौतिक विज्ञानको विकासलाई मूलतः दुई युगमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ, ती हुन्–
–अव्यक्त युग
–अभिव्यक्तिको युग ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment