Friday, October 19, 2012

4th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 9 बाट, पोष्ट क्रम 4
...
क्रमश:

'न्युटनको चालको दोस्रो नियम' गुरुत्वाकर्षणको नियम, सपेक्षताको सिद्धान्त, विद्युतीय बल वा शक्तिका नियमहरू र बल वा शक्तिसम्बन्धि धेरै नियमहरूसँग सम्बन्धित भएको पाउन सकिन्छ। यस पुस्तकमा चालको दोस्रो नियमको अन्य पक्षसँगको सम्बन्धबारे पनि चर्चा गरिएको छ। कतिपय नियमहरू न्
युटनको चालको दोस्रो नियममा नै आधारित भएको देखिएकाले न्युटनको चालको दोस्रो नियमसँगै ती नियमहरू पनि त्रुटिपूर्ण हुन पुग्दछन्। बल र शक्तिसँग जोडिएका आयामिक मान्यताहरू र तिनका एकाइहरू पनि सो नियमको खण्डनसँगै खन्डित हुन पुगेका छन्। यस कारण पनि यस पुस्तकको महत्त्व रहेको छ। यस पुस्तकको अध्ययनपछि आफ्नै स्वध्ययनबाट पनि पाठकहरूले न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? भन्नेबारे सबैले जानकारी पाउन सक्ने छन्। पहिले नै सिद्ध गरिएको विषयलाई सरल र विस्तृत रूपमा प्रस्तुत गर्ने उद्देश्य यसको रहेको छ। प्रकृतिमा रहेका मानिएका चारवटा: गुरुत्वाकर्षण बल, विद्युतचुम्बकीय बल, सबल बल र दुर्बल बललाई एकै सिद्धान्तबाट वर्णन गर्न सकिने साझा आधार वा साझा सिद्धान्त के हो? भन्नेबारे पनि यसमा केही जानकारी दिइएको छ।
...
क्रमश:

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment