Saturday, October 20, 2012

13th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar, Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 17-18 बाट, पोष्ट क्रम 13

एलिअका जिनो(४९०/५-४३० ई.पू.) विरोधाभाषी तर्कका प्रमुख हस्ती मानिन्छन्। उनको यस कार्यबाट भौतिक विज्ञान तथा गणित लावान्वित भएको देखिन्छ भने यसका अतिरिक्त उनले दृश्य रुपमा देखिने विभिन्न रुपका विषय वा वस्तुहरु भए पनि तिनको वास्तविक स्वरुपम
ा समानता वा एकता हुन्छ भन्ने धारणा राखेको देखिन्छ, जुन परमेनिडिजको प्रभावको उपज र पक्षका रुपमा आएको देखिन्छ। कतिपय गणितज्ञहरु उनले दिएका समस्याहरुको समाधान आधुनिक गणितले गरेको मान्दछन्। पदार्थको आधारभूत विषयका रुपमा पृथ्वी, जल, आगो र वायुलाई प्रस्तुत गर्ने इम्पेडोकल्स(४९०-४३० ई.पू.)ले पदार्थको स्वरुप वा स्वभावको वास्तविकता प्रेम र घृणाको प्रवेशको चक्र भएको बताएको पाइन्छ। उनले ती चार तङ्खवहरु प्रेम(वा आकर्षण)को प्रवेशका कारण परस्परमा एकीकृत हुने र घृणा(वा विकर्षण)को प्रवेशका कारण विभिन्न रुपमा देखा पर्ने धारणा राखेको पाइन्छ। प्रोटागोरस(४८०-४११ ई.पू.)ले भने तर्क वा सत्यहरुमा आउने विविधता र विवादलाई आफ्नो बहसको विषय बनाएको देखिन्छ। कुनै पनि विषय पूर्णतः सही र पूर्णतः गलत नहुने धारणा उनले राखेको देखिन्छ। मानिस नै सबै विषय वा वस्तुको मापनको आधार हो भन्ने धारणा उनको रहेको उल्लेख छ। उनको यस धारणालाई बहुलताकेन्द्री विचारको पक्षमा रहेको धारणाका रुपमा लिन सकिन्छ। एनाक्सिमेन्डर र परमेनिडिजले क्रमशः अद्वैतवाद र द्वैतवादका पक्षमा केही धारणाहरु दिएको देखिन्छ भने प्रोटागोरसले बहुलवादको पक्षमा आफ्ना धारणाहरु दिएको देखिन्छ। यस समयसम्म आइपुग्दा ग्रीक परम्परामा अद्वैतवादी, द्वैतवादी र बहुलवादी दार्शनिक मान्यताहरुको आधार तयार भइसकेको देखिन्छ।

...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Official Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068, www.facebook.com/prcbk

No comments:

Post a Comment