Friday, October 19, 2012

1st post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

पुस्तक परिचय

परिचय
यस अनुसन्धानमूलक पुस्तकको शीर्षक 'न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?' वा अङ्ग्रेजी भाषामा 'How is the Newton's Second Law of Motion Wrong?' रहेको छ। यस पुस्तकलाई सजिलोका लागि विभिन्न स्थानहरूमा 'यस पुस्तक' भनी सम्बोधन वा नामकरण गरिएको छ। शीर्षक हेर्दा अलिक चुनौतीपूर्ण लाग्ने यस पुस्तक भौतिक शास्त्रमा भएका आधारभुत तथा अन्य कमीकमजोरीहरूमध्ये न्युटनको चालको दोस्रो नियममा भएका त्रुटिहरूको यकिन वा पहिचान गरी यथोचित र नवीनतम समाधान प्रस्तुत गर्ने उद्देश्यमा 
केन्द्रित छ। यसमा भौतिक शास्त्रका क्षेत्रमा नयाँ नियमको प्रतिपादन गर्ने वा नयाँ अवधारणालाई स्थापना ग्रने कार्य भएको छ। 'भौतिक विज्ञानमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको अनुसन्धानमा न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? भन्नेबारे समेत स्पष्ट गरिए पनि सो अनुसन्धान केही बढी सैद्धान्तिक भएकाले र कुनै एकै विषयमामात्र केन्द्रित नरहेकाले यस पुस्तकको आवश्यक्ता रहेको हो। यस पुस्तकमा न्युटनको चालको दोस्रो नियममा केन्द्रित रहेर सो नियममा भएका गल्तीहरू र सम्बन्धित गल्तीहरूका कारण प्रभावित हुन पुगेका क्षेत्रबारे समेत जनकारी गराइएको छ।

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?
--धारावाहिक प्रस्तुति: पृष्ठ: 7-8 बाट, पोष्ट: 1

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment