Friday, October 19, 2012

2nd post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

यस पुस्तक ज्ञानको विद्यमान भन्डारमा ज्ञान थप्ने विशुद्ध प्रयोजनका लागि लेखकको निजी प्रयास र निर्देशनबाट तयार पारिएको अनुसन्धानात्मक कृति भन्न पनि सकिन्छ। भौतिक विज्ञानका जगत््मा यसको प्रायोगिक प्रयोजन समेत उत्तिकै रहेको छ। भौतिक विज्ञान अन्योलपूर्ण र प्रायोगिक रूपमा अस्पष्ट हुनु आफैँमा उचित होइन। विभिन्न चरहरूको दोहोरो गणना वा मापन गरी सिद्धान्तहरूको प्रतिपादन गर्ने कार्य हुँदा भौतिक विज्ञान विकृत र गोलमाल बन्न पुगेको छ। भौतिक शास्त्रमा बन्धनकारी मानिएका आयामिक मान्यताहरू
 नै त्रुटिपूर्ण अवधारणाबाट निर्देशित भएको पाउन सकिन्छ। यसै नियमको प्रभावका कारण आइन्सटाइनको सापेक्षताको सिद्धन्त तथा अन्य बल, शक्ति, कार्य र सामर्थ्यसम्बन्धी विभिन्न नियमहरू त्रुटिपूर्ण हुन गएको देखिन्छ। यसले गर्दा एकातिर मानव जगतमा सही सन्देश दिन सकेको देखिँदैन भने अर्कातिर पुस्तै पिच्छे गलत ज्ञान सम्प्रेषण भइरहने खतरा देखिन्छ। त्यसैले पनि भौतिक विज्ञान झन्डै पुनर्निर्माण नै गर्नुपर्ने देखिएको छ। यही आवश्यक्तालाई मध्येनजर गरी यसभन्दा अघि 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको पुस्तक प्रकाशन गरिएको थियो। सोही पुस्तकमा प्रमाणित गरिएका विषयहरूमध्येको न्युटनको चालको दोस्रो नियमलाई सरल ढङ्गले थप वर्णन गरी सम्बन्धित अध्यनलाई थप व्यापक बनाउन यस पुस्तक तयार पारिएको हो। भौतिक शास्त्रको आमूल परिवर्तिन गर्ने उद्देश्य राखेको 'भौतिक शास्त्र पुनर्निर्माण अभियन'मा यसले समेत थप सहयोगी भुमिका निर्वाह गर्नेछ।

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 8 बाट, पोष्ट क्रम: 2

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment