Friday, October 19, 2012

6th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 10 बाट, पोष्ट क्रम 6
सारांश ('पुस्तक परिचय' खन्डको)
यस पुस्तकमा उठाइएका विषय नयाँ र चुनौतीपूर्ण भए पनि यस अघि प्रकाषित 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको पुस्तकमा सिद्ध गरि सकिएका विषयहरूमध्येको न्युटनको चालको दोस्रो नियमको खन्डनक्सँग सन्बन्धित विषयलाई सरलीकरण र विस्तृतीकरण गर्ने कार्य यसमा गरिएको छ। कतै पिन्ड र प्रवेगको गुणनफल लगानी भएको बलसँग 
वराबर हुन्छ भन्ने, कतै दुई भिन्न अन्तरालमा देखिएका मोमेन्टमहरूको अन्तर बलसँग बराबर हुन्छ भन्ने जस्ता फरकफरक मान्यता बोकेको चालको दोस्रो नियम आफैँमा द्वैध र अस्पष्ट मार्गबाट पार भइरहेको देखिन्छ। यस नियमलाई कतै दुई मोमेन्टनबीचको अन्तरलाई समयले भाग गरी आएको परिमाणलाई पुन: लगानी भएको स्मयले गुणन् गरेर आउने इम्पल्सलाई लगानी बलसँग बराबर हुन्छ भन्ने मानेको पनि देखिन्छ। बिभिन्न रूपमा चित्रित गरिँदै आएको सो नियम कुनै तरिकाबाट पनि सही देखिँदैन यस समस्याको समाधानका लागि पनि यो पुस्तक तयार पारिएको हो। 'भौतिक शास्त्रमा भएका केही त्रुटिहरूका खन्डन र समाधान' शीर्षकको पुस्तकमा सिद्ध गरिएका विषयमध्ये न्युटनको चालको दोस्रो नियम र सो नियमसँग जोडिएका विषयहरूमा यस पुस्तक केन्द्रित रहेको छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment