Friday, October 19, 2012

8th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 12 बाट, पोष्ट क्रम 8

भौतिक विज्ञानको परम्परामा आजसम्म बल वा शक्तिसँग सम्बन्धित कुराहरु नै बढी चासोका साथ उठाइएको देखिन्छ। मानिसले गर्ने श्रमको मात्रा बढी हुन सके मानव समुदाय समग्रमा लावान्वित हुने कुरा माक्र्स र एङ्गेल्सका दर्शनहरुमा पनि उल्लेख भएको पाइन्छ। शक
्ति वा बलसँग सम्बन्धित अध्ययनहरुले मानव समुदायको श्रमको बचत र विकल्प दिने आधारहरुको खोजी गर्ने कार्य गरेको देखिन्छ। भौतिक विज्ञानको इतिहासमा सबभन्दा ठूलो घटनाका रुपमा लिइने न्युटनको प्रकृतिको गणितीय सिद्धान्त मूलतः बलको व्याख्यामा केन्द्रित रहेको देखिन्छ। व्यवहारिक जीवनमा लगानी गर्न सकिने बल र गुरुत्त्व बलका बारेमा सो पुस्तकमा चर्चा गरिएको उल्लेख भएको पाइन्छ। पदार्थ र शक्तिसम्बन्धि अध्ययन नै भौतिक विज्ञानको मूल लक्ष्य भएको बताइए पनि शक्तिबारेका सिद्धान्त र अध्ययनहरुको प्रभाव निकै रहेको देखिन्छ। भौतिक विज्ञानमा प्रारम्भदेखि नै शक्ति वा बलसम्बन्धि प्राकृतिक स्वभावहरुको अनुभव र अध्ययन भएको देखिन्छ। तर यतिमात्र नभई पदार्थको पनि शक्तिसँग जोडेर सँगसँगै अध्ययन गरिएको देखिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment