Friday, October 19, 2012

3rd post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'पुस्तक परिचय' खन्ड
--धारावाहिक प्रस्तुति: पृष्ठ: 8-9 बाट, पोष्ट क्रम: 3

... 
केही हदसम्म ग्यालिलियोको भूमिकाले भौतिक शास्त्रको आधार तयार पारेको पनि मानिन्छ। इनर्सियाको नियम, प्रवेगको स्थापना, गुरुत्वात्मक पिन्ड र इनर्सियल पिण्डको मान्यता, खगोलीय पिण्ड आदि विषयमा उनले दिएको योगदान आफैँमा अविस्मरणीय रहेको मानिन्छ। तर उनीपूर्व पनि उनका धारणाहरूका अधारहरू प्रस्तुत भइसकेका थिए भन्ने कुरा आगामी खण्डमा स्पष्ट गरिएको छ। त्यसैले
प्रभावका आधारमा हेर्दा न्युटनको चालको दोस्रो नियमलाई नै सबभन्दा असरदार नियमका रूपमा लिन सकिन्छ। भौतिक शास्त्रको सबैभन्दा असरदार नियमका रूपमा रहेको न्युटनको चालको दोस्रो नियममा भएका कमजोरीबारे थप जानकारी दिन तयार पारिएको यस पुस्तकलाई पुस्तक परिचय, न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा, न्युटनको सामान्य परिचय, न्युटनको चालको दोस्रो नियमको सामान्य परिचय, न्युटनको चालको दोस्रो नियम कसरी गलत छ?, र उपसंहार जस्ता शीर्षक र विभिन्न उपशीर्षकहरूमा विभाजन गरिएको छ। यसको अग्र भागमा शीर्षपृष्ठ, प्रतिलिपि अधिकार पृष्ठ, विषयसूची, र प्रकाशकीय रहेका छन्। यसको समापन भागमा सन्दर्भसामग्रीहरूको सूचीसमेत राखिएको छ। यसप्रकार यस पुस्तक भौतिक शास्त्री, प्राध्यापक, विश्लेशक, दार्षनिक, शिक्षक, विद्यार्थी आदि सबैका लागि उपयोगी हुनेछ।

--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment