Friday, October 19, 2012

7th post of the book, 'How is the Newton's Second Law of Motion Wrong?' written by Bhabindra Kunwar Source: www.facebook.com/prcbk

--पुस्तक: न्युटनको चालको दोस्रो नियम कसरी गलत छ? 
--'न्युटनपूर्वको भौतिक शास्त्रीय इतिहासको समीक्षा' खन्ड 
--धारावाहिक प्रस्तुति: पृष्ठ: 11-12 बाट, पोष्ट क्रम 7

परिचय
कुनै समय त्यस्तो थियो भन्न सकिने आधारहरु पाइन्छ भन्ने मानिन्छ कि भाषा र लिपिको विकास भइनसकेको भए पनि वैज्ञानिक क्रियाकलापहरु भइरहन्थे। र यो पनि भन्न सकिने आधारहरु फेला पार्न सकिएको मानिन्छ कि त्यतिबेला पुस्तक प्रकाशन, बहस, दार्शनि
क विचारविमर्श आदि केही हुँदैनथे तर मानव समुदायका विकास, हित र उन्नतिका लागि आवश्यक वैज्ञानिक कार्यहरु जानीनजानी गरिएका हुन्थे। प्रकृति र यसका स्वभावहरु बुझ्ने र ती स्वभावहरुलाई आफ्ना समस्याहरुको समाधानका पक्षमा वा अनुकूलतामा ढाल्ने प्रयास उनीहरुले गर्दथे। जनावरका सिङ्, तिखा आकारका ढुङ्गा, हड्डीहरु आदिको प्रयोग पनि उनीहरुबाट भएको हुन सक्ने मानिन्छ। मानिसको विकास क्रमिक रुपले हुँदा उनीहरुबाट भाला, औजार, वाण आदिको प्रयोग भएको मानिन्छ। ओढारको बास छोडेर घरबासहरु बनाउन थालेदेखि बासहरु भत्किने र बन्ने क्रम निकै लामो समयसम्म रहे होला र नयाँनयाँ तरिकाहरुको ज्ञान हासिल हुँदै गए होलान्। उनीहरुले नजानेर, नलेखेर र नभनेर गरेका कामहरु अवश्य पनि पछिल्लो समयमा देखिने विकासका लागि मेरुदण्डका रुपमा आए होलान्। यसरी ज्ञात योगदानकर्ताहरुभन्दा पहिले पनि आजको अभिव्यक्तिको समुन्नत विज्ञानको युगको थोरबहुत आधार तयार भइसकेको थियो भन्न सकिन्छ। यसको अर्थ के भने नयाँ युगहरु आकस्मिक घटना वा सन्दर्भबाट मात्र उत्पन्न वा विस्तार नभई क्रमिक रुपमा विकसित हुँदै आएको हो भन्ने कुरामा विमति राख्न नसकिने देखिन्छ। यसरी वर्तमानमा भए गरेका कामहरुमा अज्ञात मानिसहरुका कार्यहरुले पनि अविस्मरणीय भूमिका निर्वाह गरेका छन्। ज्ञात मानिसहरुभन्दा पहिलेको युगलाई अज्ञात र महान् वैज्ञानिकहरुको युगका रुपमा लिन सकिन्छ। यसलाई अव्यक्त र व्यहारिक विज्ञानको युग पनि भन्न सकिन्छ।
...
क्रमश:
--'भौतिक शास्त्र पुनर्निर्माण अभियान'को प्रवर्द्धनका लागि:
--सौजन्य: काठमाडौँ रिसर्च एन्ड् पब्लिकेसन्स् प्रा. लि., गोङ्गबु, काठमाडौँ, नेपाल, www.krp.com.np, Post Box No: 6764, Phone: 014389329, physicsreformationcampaign@gmail.com, Copyright: 598/068

No comments:

Post a Comment